२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई VS साउदी: कुन देश बढी राम्रो, कुन कति सस्तो ?

२०७५, २० फाल्गुन सोमबार ०९:१५

नेपाल सहित बिभिन्न देशबाट रोजगारीको शिलशिलामा साउदी तथा युएईमा लाखौ बिदेशीले काम गर्दै आएका छन् । नेपालकै पनि लाखौँ युवाहरु यी देशमा काम गर्दै आएका छन् । 

युएई र साउदी अरेविया खाडी मुलुक अन्तर्गत पर्दछ । यी दुवै देशबीचको अपसी मित्रताको सम्बन्ध रहँदै आएको छ । यदी दुवै देशको इतिहाँसलाई हेर्ने हो भने यी दुवै देश पछिल्लो समय आएर मात्र बिकसित भएको हो । पहिलेको स्थिति निकै भयावह रहेको बताइन्छ । 

साउदी अरव 


साउदी अरवको असली नाम 'किंगडम अफ साउदी अरेवीया' हो । यस देशको गठन १९३२ मा भएको थियो । यो देशमा कच्चा तेलको खोज ३ मार्च १९३८ मा भएको थियो ।  यो देशले संसारकै सबैभन्दा बढी कच्चा तेलको उत्पादन गर्छ । यो देशलाई संसारकै दोश्रो सबैभन्दा बढी तेल र छैटौं सबैभन्दा बढी ग्याँस उत्पादन गर्ने देशको रुपमा लिइन्छ । 

वर्ल्डमिटर्स डट इन्फोको अनुसार साउदीको जनशंख्या ३ करोड ३९ लाख ४८ हजार ६९७ रहेको छ । जुन विश्व जनशंख्याको ०.४४ प्रतिशत हो । जनशंख्याको आधारमा साउदी विश्वको ४१ औं स्थानमा रहेको छ । जनघनत्वको हिसावलाई हेर्ने हो भने साउदी अरेवियामा प्रति बर्ग-किलोमिटर जम्मा १६ जना बस्छन्  । साउदी अरवको क्षेत्रफल २१,४९,६९० बर्ग किलोमिटर रहेको छ । 


यदी GDP को कुरा गर्ने हो भने 2017 मा साउदी अरवको GDP ६८३.८३ बिलियन डलर रहेको थियो । जुन विश्वको GDP को १.१० प्रतिशत हो । यदी १९६८ को कुरा गर्ने हो भने यो देशको GDP जम्मा ४.१९ मात्र रहेको थियो । 

साउदीका नागरिकका प्रति व्यक्ति आय 31,000$ रहेको छ । 

युएई


युएई सात इमिरेट्स मिलेर बनेको देश हो । जसमा दुबई, आबुधावी, सारजहा, फुजारा, अजमान, रस अल खईमा र उम अल खईमा रहेका छन् । युएईको गठन १९७१ मा भएको थियो । युएईसँग सातौँ सबैभन्दा ठुलो तेल भण्डार र ग्याँस भण्डार रहेको छ । 

वर्ल्डमिटर्स डट इन्फोको अनुसार युएईको जनशंख्या ९६ लाख ३६ हजार १३८ रहेको छ । जुन विश्व जनशंख्याको ०.१३ प्रतिशत हो । जनशंख्याको आधारमा युएई ९२ औं स्थानमा रहेको छ । जनघनत्वको हिसावलाई हेर्ने हो भने युएईमा प्रति बर्ग-किलोमिटर ११६ जना बस्छन्  । साउदी अरवको क्षेत्रफल ८३,६०० बर्ग किलोमिटर रहेको छ ।


यदी GDP को कुरा गर्ने हो भने 2017 मा युएईको GDP ३८२.५८ बिलियन डलर रहेको थियो । जुन विश्वको GDP को ०.६२ प्रतिशत हो । यदी १९७३ को कुरा गर्ने हो भने यो देशको GDP जम्मा २.८५ रहेको थियो । 

युएईका नागरिकका प्रति व्यक्ति आय 40,000$ को आसपास रहेको छ । 

सस्तो/राम्रो कुन ? 

यदी बसाईको दृष्टिकोणले हेर्ने हो भने साउदी अरव युएईभन्दा सस्तो छ । खानाको कुरा गर्दा युएईभन्दा साउदीमा खाना खान ३४ प्रतिशत सस्तो पर्छ । यदी बस्नको लागि हेर्ने हो भने पनि साउदीनै सस्तो छ । बस्नको लागि युएईको तुलनामा साउदी ५० प्रतिशत सस्तो रहेको छ । त्यस्तै लगाईको कुरा गर्ने हो भने पनि युएई भन्दा साउदी अरव ३० प्रतिशत सस्तो रहेको छ । 

यदी यात्राको तुलना गर्ने हो भने साउदी भन्दा युएई ८ प्रतिशत सस्तो छ । त्यस्तै मानोरंजनको कुरा गर्ने हो भने साउदी अरव मानिसको लागि घुम्न तथा रमाइलो गर्न उपयुक्त नै छैन । त्यसको तुलनामा युएई घुम्ने र रमाइलो गर्नेहरुको लागि विश्वमै परिचित छ । त्यस्तै पर्यटकीय हिसावले कुरा गर्ने हो भने पनि साउदी युएईको तुलनामा निकै पछाडी रहेको छ । युएईले हरेक बर्ष आउने पर्यटकबाट मात्र ६४ बिलियन डलर बराबरको कमाउई गर्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने