२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समता अस्पतालमा युवतीको शव फेला

३ असार २०७६, मंगलवार ०६:४२

असार ३,काठमाडौँ | बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।

 रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 

मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विगत दुई महीनादेखि यही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उहाँले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बैठक स्थगित

 प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो ।

काँग्रेसले समसामयिक विषयमा विपक्षी दलका नेताले बैठकको शुरुमै बोल्न पाउनुपर्नेमा सभामुखले  समय उपलब्ध नगराउनु भएकाले विरोध गर्नुपरेको जनाएको छ ।काँग्रेसका  सांसदहरुले आ–आफ्नो स्थानमा उठेर विरोध जनाइरहँदा  सभामुख महराले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहनुभएकाले उहाँको वक्तव्यपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भन्नुभयो ।

सभामुखले प्रतिपक्ष दलका सांसदलाई  उक्त आग्रह गरिरहँदा विपक्षी सांसदले संसदीय मर्यादा कायम गरियोस् र  प्रतिपक्षलाई पहिला बोल्न दिइयोस् भनी रोष्ट्रम अगाडि गएर नाराबाजी गर्नुभएको थियो ।सभामुखले विरोध जनाइरहनुभएका सांसदहरूलाई  पहिले प्रधानमन्त्रीको कुरा सुनौँ त्यसपछि तपाईंहरुलाई बोल्न समय दिन्छु भनी पटक पटक आग्रह गरे पनि लगातार नाराबाजी चलिरह्यो ।

प्रधानमन्त्री ओली सार्वजनिक महत्वको वक्तव्य दिन रोष्ट्रममा उभिरहनुभएको थियो । प्रतिपक्षको लगातार नाराबाजी चलिरहेकाले सभामुखले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरिएको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान