१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के चलिरहेको हुन्छ ?वैज्ञानिकले रेकर्ड गरे यस्तो तथ्य

२६ फाल्गुन २०७८, बिहीबार ११:०३

फागुन २६, काठमाडौँ । मृत्युको समयमा मनमा चल्ने कर्मलाई मृत्युपूर्व जीवनको उपस्थिति बराबर मानिन्छ। वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद आउँदछ ।

बेलायती पत्रिका द सनमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ८७ वर्षका एक वृद्धको मृत्यु अगाडि मस्तिष्कको गतिविधि रेकर्ड गरेका छन् । ती व्यक्ति हृदयाघातका कारण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनको उपचारका क्रममा इलेक्ट्रोएन्सेफेलोग्रामको सहयोग लिइयो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

यद्यपि परीक्षणकै क्रममा अन्जानमै ती व्यक्तिको ब्रेन म्यापिङ भयो जसका कारण मर्नुभन्दा १५ मिनेट अगाडिको उनको मस्तिष्कको गतिविधि तथा उनको मस्तिष्कमा खेलिरहेको विचार रेकर्ड भयो । उक्त रेकर्डिङ इइजीमा भयो ।

उनको मृत्युको ३० सेकेण्डका क्रममा हृदयगति निकै तीव्र गतिले बढ्न थाल्यो । त्यसबेला वैज्ञानिकहरूले एक अनौठो खालको तरंग कैद गर्न सफल भए । त्यसको नाम गामा ओस्सिलेसन हो ।

ब्रेन म्यापिङका बेला भएको रेकर्डिङबाट के पत्ता लागेको छ भने जीवनको अन्तिम क्षणमा मानिसले आफ्नो जीवनसँग सम्बन्धित केही राम्रा-राम्रा पलहरूको सम्झना गर्दो रहेछ । लुइसभिले जेमर विश्वविद्यलायका न्युरोसर्जन तथा अनुसन्धानकर्ता अजमल जेमलका अनुसार अन्तिम समयमा हाम्रो दिमाग सपना देख्ने अवस्थामा पुग्दछ । शरीरमा प्राण नरहँदा पनि मस्तिष्कले अन्तिम समयसम्म काम गरिरहेको हुन्छ ।

शोधकर्ताका अनुसार मृत्युको क्रममा मानिसको शरीरमा गामा तरंग सबैभन्दा शक्तिशाली थियो । त्यस्तै एन्जाइटी गराउने बिटा तरंग पनि केहीबेर सक्रिय हुन्छ । त्यसपछि अल्फा र थिटा तरंग सक्रिय हुन्छन् भने गहिरो निद्रामा पुर्‍याउने डेल्टा वेब पनि सक्रिय हुन्छ । यद्यपि व्यक्तिको शरीरमा गामा तरंग सबैभन्दा धेरै शक्तिशाली हुनाले मानिसलाई मर्ने बेलामा पुराना दिनका विभिन्न उत्कृष्ट पलहरुको याद आउँदछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी