२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के चलिरहेको हुन्छ ?वैज्ञानिकले रेकर्ड गरे यस्तो तथ्य

२०७८, २६ फाल्गुन बिहीबार ११:०३

फागुन २६, काठमाडौँ । मृत्युको समयमा मनमा चल्ने कर्मलाई मृत्युपूर्व जीवनको उपस्थिति बराबर मानिन्छ। वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद आउँदछ ।

बेलायती पत्रिका द सनमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरूले ८७ वर्षका एक वृद्धको मृत्यु अगाडि मस्तिष्कको गतिविधि रेकर्ड गरेका छन् । ती व्यक्ति हृदयाघातका कारण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनको उपचारका क्रममा इलेक्ट्रोएन्सेफेलोग्रामको सहयोग लिइयो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

यद्यपि परीक्षणकै क्रममा अन्जानमै ती व्यक्तिको ब्रेन म्यापिङ भयो जसका कारण मर्नुभन्दा १५ मिनेट अगाडिको उनको मस्तिष्कको गतिविधि तथा उनको मस्तिष्कमा खेलिरहेको विचार रेकर्ड भयो । उक्त रेकर्डिङ इइजीमा भयो ।

उनको मृत्युको ३० सेकेण्डका क्रममा हृदयगति निकै तीव्र गतिले बढ्न थाल्यो । त्यसबेला वैज्ञानिकहरूले एक अनौठो खालको तरंग कैद गर्न सफल भए । त्यसको नाम गामा ओस्सिलेसन हो ।

ब्रेन म्यापिङका बेला भएको रेकर्डिङबाट के पत्ता लागेको छ भने जीवनको अन्तिम क्षणमा मानिसले आफ्नो जीवनसँग सम्बन्धित केही राम्रा-राम्रा पलहरूको सम्झना गर्दो रहेछ । लुइसभिले जेमर विश्वविद्यलायका न्युरोसर्जन तथा अनुसन्धानकर्ता अजमल जेमलका अनुसार अन्तिम समयमा हाम्रो दिमाग सपना देख्ने अवस्थामा पुग्दछ । शरीरमा प्राण नरहँदा पनि मस्तिष्कले अन्तिम समयसम्म काम गरिरहेको हुन्छ ।

शोधकर्ताका अनुसार मृत्युको क्रममा मानिसको शरीरमा गामा तरंग सबैभन्दा शक्तिशाली थियो । त्यस्तै एन्जाइटी गराउने बिटा तरंग पनि केहीबेर सक्रिय हुन्छ । त्यसपछि अल्फा र थिटा तरंग सक्रिय हुन्छन् भने गहिरो निद्रामा पुर्‍याउने डेल्टा वेब पनि सक्रिय हुन्छ । यद्यपि व्यक्तिको शरीरमा गामा तरंग सबैभन्दा धेरै शक्तिशाली हुनाले मानिसलाई मर्ने बेलामा पुराना दिनका विभिन्न उत्कृष्ट पलहरुको याद आउँदछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु