२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुखुरा मारिएकोमा पूरै सहर स्तब्ध, प्रहरी अधिकारीमाथि कारबाहीको माग

२०७९, २६ बैशाख सोमबार ०८:२०

वैशाख २६, काठमाडौँ | अमेरिकाको मिसिसिपीस्थित एक सानो सहरमा हालै एउटा कुखुरा मारियो । कुखुरा मारिएसँगै १८ हजार जनसंख्या भएको सहरमा तहल्का मच्चियो । पूरै सहर स्तब्ध भयो ।

एकजना पुलिस अधिकारीमाथि कुखुरा मारेको आरोप लाग्यो र महिला प्रहरी अधिकारीलाई कारबाही गर्न सहरवासीले माग गरेका छन् । भालेको नाम कार्ल थियो । कुखुरा ओसन स्प्रिंग्सको सडकमा रातदिन डुल्दथ्यो भने बिहान स्थानीय व्यक्तिका पसलसम्म पुग्थ्यो ।  सबै पसलेले उसलाई पानी र चारो खान दिन्थे ।

यति मात्र होइन उक्त कुखुरा फिटनेस कक्षामा पनि जान्थ्यो । कुखुरा यतिधेरै मिलनसार थियो कि मानिसहरुसँग गएर तस्वीरका लागि पोज समेत दिन्थ्यो । बेलाबेलामा सहरमा यत्रतत्र गएर रेलिङमा सुतेको देखिन्थ्यो ।

केही दिनअघि कार्ल एक्कासी गायब भयो । एक प्रकारले उसको अपहरण भयो । एक महिला पुलिस अधिकारीले उक्त कुखुरालाई अपहरण गरेर मारेको आरोप लागेको छ । मारिएको कुखुरा अहिलेसम्म फेला परेको छैन ।

त्यसपछि बालबालिकाहरुले कार्लको यादमा प्रेमपत्र लेखे र पूरै सहरका ढोकाढोकामा टाँसिदिए । स्थानीय कलाकारले कुखुराको सम्झनामा भित्तेचित्र पनि बनाए ।

कार्ल बस्ने गरेको टाटु पार्लरका टाटु आर्टिस्टका अनुसार अप्रिल २५ मा जब उनी आफ्नो पार्लरमा पुगे त्यहाँ कार्लको अत्तोपत्तो थिएन । दुई चार दिनसम्म पनि कार्ल घर नफर्किएपछि उनले कार्ल कुखुराको खोजी सुरु गरे ।

सीसीटीभी फुटेजमा चाहिं अप्रिल २४ को बिहान ३ बजे तीन जना पुरुषसँगै एक महिला आएर कार्ललाई समातेर लगेको देखियो । फुटेजमा देखिएकी महिलाको नाम केन्द्र शफर हो । उनी एक प्रहरी अधिकारी हुन् । सीसीटीभी फुटेजमा शेफरले लगेको करिब १५ मिनेटपछि कार्ललाई मारेर पार्किङमा डम्प गरेको देखिन्छ ।

त्यसको एक घण्टापछि एक जना पुरुष आएर कुखुराको शरीरलाई प्लास्टिकको थैलीमा हालेर लगेको देखिन्छ । उक्त घटनापछि पशु क्रूरताको मुद्दामा शेफरलाई प्रहरीले सूचना जारी गरेको छ र जागिरबाट पनि निकालिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा