२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

रेलवे स्टेशनमा जागिरे बाँदर !

२०७९, २ आश्विन आईतवार ०९:२८

एजेन्सी । मानिस र जनावरबीच अनौठो सम्बन्ध रहँदै आएको छ । मानिसले आफ्नो कामका लागि सदियौँदेखि जनावरको प्रयोग गर्दै आएको छ । तर के तपाईंले कुकुर तथा घोडा बाहेक अन्य जनावरले सरकारी जागिर खाएको देख्नुभएको छ ? दक्षिण अफ्रिकामा चाहिँ एउटा लंगुर बाँदरले समेत सरकारी जागिर खाने मौका पायो ।


उक्त लंगुरले ९ वर्षसम्म रेलवे स्टेशनमा जागिर गरेको थियो । उसले जागिरबापत तलब पनि पाउँथ्यो । रेलवे स्टेशनमा सो बाँदरले सिग्नल म्यानको रुपमा काम गरेको थियो ।

सन् १८७० ताका दक्षिण अफ्रिकाको केपटाउन सहरको नजिकै न्पजदिन्हम नामक एक रेलवे स्टेशन थियो । त्यहाँ जेम्स वाइड नामका एक कर्मचारीले सिग्नल म्यानको काम गर्दथे । तर रेल दुर्घटनामा उनले आफ्ना दुबै खुट्टा गुमाए । त्यसपछि उनलाई काम गर्न निकै समस्या भयो । उनले काठका नक्कली खुट्टा पनि लगाए तर पहिलेजस्तो काम गर्न गाह्रो भयो । आफ्नो कामलाई लिएर उनी निकै दुखी बन्न थाले । एकदिन उनको नजर बाटोमा गाडी हाँकिरहेको एउटा लंगुर बाँदरमाथि पर्यो । उनले लंगुर मालिकसँगबाट उक्त लंगुर किनेर ल्याए ।


जेम्सले उक्त लंगुरको नाम ज्याक राखे । त्यो निकै होसियार र समझदार थियो । उसले घरका सबै काममा पनि सहयोग गर्दथ्यो । जेम्सले उसलाई रेलवे स्टेशनमा काममा जाँदा पनि सँगै लैजान थाले । ज्याकलाई स्टेशनमा रेललाई सिग्नल दिन तथा सिग्नल परिवर्तन गराउन पनि सिकाए । पहिले लंगुरले जेम्सको इशारा अनुसार मात्र काम गर्दथ्यो । पछि त उसले हर्नको आवाजबाटै सिग्नल परिवर्तन गर्न थाल्यो ।


लंगुरले रेलवेको सिग्नल परिवर्तन गर्ने काम गर्ने गरेको समाचार डढेलो जस्तै फैलियो । त्यसपछि रेलवे अधिकारीहरुले लंगुरलाई काममा लगाउने जेम्सलाई तत्कालै बर्खास्त गरिदिए । आफूलाई जागिरबाट हटाउने अधिकारी समक्ष जेम्सले लंगुर बाँदरको क्षमताको परीक्षण गराउन माग गरे । रेलवे अधिकारीहरुले लिएको परीक्षणमा लंगुर पास भयो । त्यसपछि जेम्सको जागिर पनि थमौति भयो र ज्याकले आधिकारिक रुपमा रेलवेमा सिग्नल म्यानको काम गर्न थाल्यो । उसलाई रोजगार नम्बर पनि प्रदान गरियो ।

उक्त लंगुरको दैनिक तलब २० सेन्ट तथा हरेक हप्ता आधा बोतल बियर समेत दिइन्थ्यो । ९ वर्षको आफ्नो सेवा अवधिमा ज्याकले कहिल्यै विदा लिएन र गल्ती पनि गरेन । सन् १८९० मा क्षयरोगका कारण ज्याकको मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने