क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी महिला जसले दुई पटकमा १४ बच्चाको जन्म दिइन् (हेर्नुस् ५ तश्विर)

२८ भाद्र २०७३, मंगलवार १०:५५

क्यालीफोर्निया | अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेटली सुलेमानले २००९ मा एकै पटकमा ८ बच्चाको जन्म दिएकी थिईन । त्यसपछी उनि निकै पपुलर बनिन् । त्यतिखेर कयौं अन्तराष्ट्रिय संचारमाध्यममा उनको समाचार छाएको थियो । तर अचानक नेटली विवादमा फसिन र गायब बनिन् । 

अब उनले आफ्नो दर्दनाक कहानी सेयर गरेकी छिन्…

हालसालै नेटलीले 'डेली मेल'मार्फत अक्टोमम बनेपछीको आफ्नो जीवन कहानी सेयर गरेकी छिन् । नेटलीले बताए अनुसार आईवीएफ ट्रीटमेन्ट मार्फत उनले ८ जना बच्चाको जन्म दिएकी थिईन । उनले भनिन 'यस अघि पनि मैले यो प्रबिधिको माध्यमबाट ६ बच्चालाई जन्म दिईसकेकी थिएँ । तर अक्टोमम बनेपछी ममा निकै समस्या देखियो । बास्तबमा, मसँग कुनैपनि काम थिएन, जसको कारण मलाई बच्चा हुर्काउन निकै मुश्किल पर्यो । मेरो नजिकका आफन्तहरुले पनि मलाई नराम्रो गर्न थाले । यसै कारणले ममा डिप्रेशन भयो ।' उनको अनुसार एकपटक उनि ज्यानेक्स ड्रग्सको ओभरडोजको कारणबाट मृत्युको मुखमा पुगीसकेकी थिईन ।


पहिले पोर्न भिडियो र स्ट्रिप क्लबमा काम गर्थिन् नेटली

दुई पटकमा १४ बच्चा जन्माएकी नेटली बच्चा जन्माउनु अघि पोर्न भिडियो र स्ट्रिप क्लबहरुमा काम गर्ने गर्थिन् । तर बच्चा पाएपछि उनले उक्त काम छोडेकी थिईन । नेटलीलाई केहि मिडियाले नाङ्गो (न्यूड) पोज गर्नको लागि करोड भन्दा बढी रकम अफर गरेका थिए । त्यसपछी उनले दूइ-तीन मीडिया कम्पनीहरुको लागि न्यूड फोटोहरु खिचाइन् ।

नेटलीले अहिले काउन्सीलरको जब (काम) शुरू गरेकी छिन । आफ्नो अन्तर्वार्तामा उनले भनेकि छिन् – 'अब मेरो पुरा ध्यान आफ्नो बच्चातर्फ छ । उनीहरुको लाइफमा आइपर्ने सबै आवश्यकता पुरा गर्न चाहन्छु ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव