भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने सा"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

प्रयोग गरिएको श्रीमती, (युज्ड वाइफ) बिक्रीमा !

३० भाद्र २०७३, बिहीबार ०९:२९

भदौ ३०, लन्डन (एजेन्सी) | बेलायतमा एक ३३ वर्षीय व्यक्तिले आफ्नो श्रीमतीलाई बिक्रीमा राखेका छन । वेकफिल्ड योर्कसायरमा बसोबास गर्ने साइमन ओ’केन नाम गरेका व्यक्तिले इ–लिलामी साइट इबेमा आफ्नाी श्रीमती बिक्रीका लागि राखेका हुन् । 

उनको श्रीमतिलाई खरिद गर्न ६५ हजार ८ सय ८० पाउन्डको बोली लागिसकेको बताइएको छ। साइमनले आफू बिरामी पर्दा श्रीमतीले कुनै संवेदना नदेखाएका कारण बाध्य भएर यस्तो कदम उठाउनु परेको बताएका छन्। साइमनले गत साता लिलामी साइट इबेमा आफ्नो २७ वर्षीय श्रीमती लियन्डाको फोटो राखेका थिए। र, विज्ञापनमा लेखिएको थियो– युज्ड वाइफ। 

उनले बिक्रीमा राखेका आफ्नो श्रीमतीको फाइदा र बेफाइदा दुवै स्पष्ट पारेका छन्। दि डेली एक्सप्रेस पत्रिकाका अनुसार दुई बच्चाका पिताले लियन्डा समर्पित श्रीमती नभएको दावी गरेका छन्। तर, उनले श्रीमतीको खाना पकाउने कलाको खुब तारिफ गरेका छन्। 

उनले इबेमा बिक्रीमा राखेको आफ्नो श्रीमतीका लागि दुई दिनमै ६५ हजार ८ सय ८० पाउन्डको बोली लागेकोमा अचम्ममा परेका छन्। आफूलाई बिक्रीका लागि राखेको थाहा पाएपछि साइमनकी श्रीमती उनलाई मार्न चाहन्थिन्। साइमनले विज्ञापनमा आफ्नो श्रीमती कुनै युवा मोडलसँग साट्न चाहेमा आफूले पुनर्विचार गर्ने बताएका थिए।  

‘म आगो भएकी थिएँ। म उसलाई मार्न चाहन्थेँ । म काम गर्ने ठाउँमा सबैजना विज्ञापन देखेर मेरो मजाक उडाइरहेका थिए। उसले मलाई विक्रीका लागि मात्र लिलामीमा राखेको थिएन, मेरो खराब फोटो पनि पोस्ट गरेको थियो,’ पेशाले ब्युटी थेरापिस्ट लियन्डाले भनिन्।  

साइमनले आफूलाई थुप्रै व्यक्तिले प्रतिक्रिया पठाएको बताएका छन्। जसमा कसैले गालीगलौच गरेका छन्। तर, धैरेका पत्र मजाक रहेको उनको भनाई छ।  

इबेले तुरुन्तै त्यो विज्ञापन हटाएको थियो। यसले साइमन निरास छन् किनभने उनी हेर्न चाहन्थे आफ्नो श्रीमतीका लागि कतिसम्मको बोली लाग्थ्यो। उनले पछि स्पष्टीकरण दिने क्रममा भनेका छन्– ‘मैले मानिसहरूलाई हसाउँन यस्तो गरेको हुँ। यसको पछाडि कुनै ठूलो योजना थिएन।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव