११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आदिवासीको अनौठो संस्कार : अन्तिम संस्कारका बेला खान्छन् शवको मस्तिष्क

२५ पुष २०७९, सोमबार ११:५७

पुस २५, काठमाडौं | पपुवा न्युगिनीलाई संसारमा भाषाको चिडियाखाना पनि भनिन्छ । यो देशमा कैयन् आदिवासी समुदायहरू बस्छन् जसको आफ्नै भाषा, संस्कार तथा परम्परा छन् । त्यहाँ ३१२ प्रकारका आदिवासीहरू बसोबास गर्दछन् । त्यसमध्ये फोर नामक आदिवासी समुदाय पनि एक हो । यो समुदाय एउटा मृत्यु संस्कारका कारण चर्चित छ ।

शोधकर्ताहरूका अनुसार यो आदिवासी समुदायका मानिसहरूले आफ्ना परिवारजनको मृत्यु पश्चात् अन्तिम संस्कारका बेला शवको टाउकोबाट मस्तिष्क निकालेर खाने गर्दछन् ।


अनौठो त के भने मरेका मान्छेको मस्तिष्क खाने यही बानीले गर्दा यो आदिवासी समुदायका मानिसमा कुरु नामक रोगविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमताको विकास भएको छ । कुरु नाम रोग म्याड काउ रोगसँग मिल्दोजुल्दो हुन्छ ।

वैज्ञानिकहरूका अनुसार फोर आदिवासीको आहार र उनीहरुले प्राप्त गरेको रोग प्रतिरोधी क्षमताको अध्ययनले पार्किन्सन्स तथा डिमेन्सिया जस्ता रोगको उपचारको खोजीमा पनि सहयोग पुग्न सक्दछ ।

यो आदिवासी समुदायमा कसैको मरण वास्तवमा एउटा पर्वजस्तै हुन्छ । पुरुष मलामीहरूले आफ्ना मृतक आफन्तको मासु खाने गर्दथे भने महिलाहरूले मृतकको मस्तिष्क खाने गर्दछन् ।

यो परम्परा आफ्ना प्रियजनप्रति सम्मानको प्रतिकको रुपमा पनि मानिन्छ । शवलाई गाड्दा त्यो कुहिने तथा किराहरूले खाने भएकाले त्यसो गर्नुभन्दा मृतकलाई माया गर्ने आफन्तहरूले उसको शरीर भोजन गर्नु उपयुक्त हुने मान्यता उनीहरूमा छ । मृतकको शरीरका पित्ताशय बाहेक अरु सबै अंगहरूको मासु फ्राइ गरेर खाने गरिन्छ ।

पपुवा न्युगिनीमा कुरु रोगको प्रकोप पश्चात् सन् १९५० देखि मानव मस्तिष्क खानमा प्रतिबन्ध लगाइएको छ । तर यो आदिवासी समुदायमा अझै पनि कहीकतै त्यो प्रचलन कायमै छ ।

मानव मस्तिष्क खाने फोर आदिवासीमा कुरु तथा प्रायोन प्रोटिनका कारण हुने विभिन्न खाले रोगहरूविरुद्ध आनुवंशिक प्रतिरोधी क्षमता विकास भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह