३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

गाडी ट्राफिक जाममा फसेको मौकामा विवाहको भोलिपल्ट दुलही छोडेर भागे दुलाहा

२५ फाल्गुन २०७९, बिहीबार ०८:१६

एजेन्सी | भारतको बेंगलोरमा ट्राफिक जामको समस्या भयंकर छ । त्यसबाट एक व्यक्तिले फाइदा उठाएको खबर आएको छ । गत फेब्रुअरी १६ मा एकजना दुलाहा विवाहको भोलिपल्ट दुलहीलाई ट्राफिक जाममै छोडेर भागेका छन् । उनीहरू चढेको कार महादेवपुरामा जाममा फसेको थियो । भागेका दुलाहालाई खोज्न दुई हप्ता खेर फालेपछि दुलही पक्षले मार्च ५ मा प्रहरी समक्ष जाहेरी दिएका छन् । प्रहरीले दुलाहालाई खोजिरहेको छ । 

दुलाहाको नाम विजय जर्ज (नाम परिवर्तन) हो । उनकी पूर्व प्रेमिकाले निजी क्षणको भिडियो र तस्वीर सार्वजनिक गरिदिने धम्की दिएपछि उनी तनावमा थिए । जर्जले पत्नीलाई आफूसँग भइरहेको ब्ल्याकमेलिङका बारेमा बताएका थिए । तर उनले आफू र आफ्ना मातापिता जर्जको पक्षमा उभिने अनि चिन्ता नलिन बताएकी थिइन् । तर यस आश्वासनका बावजूद विवाहको भोलिपल्ट जोडी चर्चबाट फर्किँदै गर्दा गाडी ट्राफिक जाममा फसेको मौका पारी दुलाहा भागेका थिए । अगाडिको सीटमा बसेका जर्ज कारबाट निस्केर दम्पत भएका थिए । 

स्तब्ध भएकी दुलही पनि कारबाट निस्केर पछिपछि भागेकी थिइन् र भेट्टाउन सकिनन् । जर्जले कर्नाटक र गोवामा आफ्ना पितालाई म्यानपावर एजेन्सीमा सघाइरहेका थिए । गोवामा हुँदा उनले कम्पनीकै एक चालककी पत्नीसँग सम्बन्ध बनाएका थिए । ती महिला दुई सन्तानकी आमा हुन् र त्यही कम्पनीमा क्लर्कका रूपमा काम गरिरहेकी थिइन् । 

जर्जकी आमालाई यस सम्बन्धका बारेमा थाहा भएपछि जर्जले सम्बन्ध तोड्ने भनेका थिए । तर उनी लुकीलुकी ती महिलालाई भेटिरहन्थे । 

ती महिलाको मोहपाशबाट छुटाउनका लागि जर्जको परिवारले उनको विवाह अन्तै गराउने निर्णय लियो । 

‘मलाई विवाहअघि नै यस सम्बन्धका बारेमा बताइएको थियो,’ जर्जकी पत्नीले बताइन्, ‘तर त्यस महिलालाई छोड्ने भनेकाले मैले विवाहको स्वीकृति दिएँ । ब्ल्याकमेलको डरले जर्ज भागे । उनी आत्महत्याको सोच बनाइरहेका थिए । उनी सुरक्षित छन् र छिट्टै फर्किन्छन् भन्ने आशा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन