कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

Posted on: 11 May, 2024

बैशाख २९,  सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रदेशको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन भन्दै मुख्यमन्त्री कँडेलले जेठ ४ गते सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कँडेलेको सचिवालयका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्ष, संसदीय दलका नेता तथा प्रमुख सचेतकलाई बैठकमा सहभागीका लागि आग्रह गरेका छन् ।
सर्वदलीय बैठकमार्फत मुख्यमन्त्री कँडेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच आसन्न नीति तथा कार्यक्रम र बजेटका विषयमा साझा सहमति खोज्ने प्रयास गरेको बताइएको छ ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकिकृत समाजवादी र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!