४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

‘यसपालि घुमौँ कर्णाली’

१७ फाल्गुन २०७६, शनिबार ०४:४४

फागुन १७, सुर्खेत | नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । 

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ । स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष, २०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारासहितको लोगो पनि समावेश गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले कर्णाली प्रदेशका मुख्य गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले स्टिकर प्रकाशन गरिएको जानकारी दिनुभयो । सो प्रालिले पहिलोपटक स्टिकर टाँस्ने कार्यको शुरुआत गरेकामा सचिव डा आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले कर्णालीको समग्र पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण भइसकेकाले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । “पर्यटन क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र, यातायात व्यवसायीको योगदान महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका क्रियाकलापबाट बढी फाइदा निजी क्षेत्रले पाउने हुँदा यसका लागि सरकारभन्दा बढी अग्रसर निजी क्षेत्र बन्नुपर्दछ, प्रदेश सरकार सहयोगी बन्न तयार छ ।”

सो प्रालिका अध्यक्ष रमेश सापकोटाले पहिलो चरणमा सुर्खेत–काठमाडौँ,  जाजरकोट–काठमाडौँका लागि ल्याइएका आठ वटा नयाँ रात्रिबस र सुर्खेतबाट कर्णालीका पहाडी सडकमा सञ्चालन हुने २० वटा गाडीमा पर्यटकीय सूचनासहितका स्टिकर टाँसिएको जानकारी दिनुभयो । शुरुआतमा प्रालिकै खर्चमा स्टिकर प्रकाशन गरेको र आगामी दिनमा प्रदेश सरकारले नै स्टिकर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । 

स्टिकरमा राराताल, देउती बज्यै मन्दिर, बुलबुले, काँक्रेविहार, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शेफोक्सेन्डो, पञ्चकोशी ज्वालालगायतका स्थलका तस्वीर छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता