२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

यी खानेकुरा जसले छालालाई समय अगावै बुढो बनाइदिन्छ !

२६ चैत्र २०७९, आईतवार ०८:०८

काठमाडौँ | समय सँगै उमेर बढ्नु साधारण कुरा हो तर खानपिनका केही कुराका कारण समय अगावै बुढेसकालको लक्षण देखिन थाल्छ । आउनुहोस्, त्यस्ता खानेकुराबारे जानकारी लिऔं जसले उमेरै नपुगी बुढो बनाइदिन्छ । तसर्थ, यस्ता खानेकुराबाट टाढा हुनुपर्छ ।

१. तारेका खानेकुरा

तारेका खानेकुराले हाम्रो छालालाई असाध्यै हानी पुर्‍याउँछ । यसको सेवन असाध्यै कम गर्नुपर्छ । यसले छालालाई चिल्लोसमेत बनाउँछ, तसर्थ डन्डीफोर र चाउरीपनको रूपमा देखा पर्ने गर्छ ।

२. गुलियो खानेकुरा

गुलियो खानेकुरामा चिनी र कार्ब्स हुन्छन् जुन तपाईंको छाला र शरीरका लागि राम्रो हुँदैन । गुलियो खानेकुराले बुढ्यौलीको प्रक्रियालाई तेज बनाउँछ जसका कारण तपाईं समय अगावै बुढो देखिन थाल्नुहुन्छ ।

३. सोडा वा इनर्जी ड्रिङ्क

सोडा वा इनर्जी ड्रिङ्कले पनि उमेर बढाउने काम गर्छ किनभने यसमा धेरै नै चिनी हुन्छ ।

४. धूम्रपान र मद्यपान

धूम्रपान र मद्यपान पनि तपाईंको छालाका लागि खराब हो । यसले तपाईंको छालाको निखार तपाईंबाट खोस्ने गर्छ र विभिन्न समस्यालाई निम्तो दिन्छ ।

५. हाई फ्रुक्टोज कर्न सिरप

हाई फ्रुक्टोज कर्न सिरप सोडा र बजारको फ्रूड ड्रिङ्क्समा पाइन्छ । यसले शरीरलाई विभिन्न हानी पुर्याउाछ । हाई फ्रुक्टोज कर्न सिरपले शरीरमा कालेजन र इलास्टिन बन्नबाट रोकछ । यी दुबै चिजले छालालाई स्वस्थ बनाउँछ । हाई फ्रुक्टोज कर्न सिरपका कारण छाला रुखो हुन थाल्छ र अनुहारमा चाँडै नै बुढ्यौली देखिन थाल्छ । यसबाहेक यसले मधुमेश र मुटु रोगको खतरा पनि बढाउँछ ।

६. क्याफिन

क्याफिनले तपाईंको दिमागमा असर पार्छ । क्याफिनको अत्यधिक सेवनले बारम्बार बाथरुम जान आवश्यक पर्छ र यसका कारण डिहाइड्रेशन हुन थाल्छ । पानीको कमीका कारण छालाबाट टक्सिन निस्कन बन्द हुन्छ । यसका कारण छाला रुखो हुन थाल्छ र समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।

७. फ्रोजन फूड

फ्रोजन फूडमा असाध्यै धेरै सोडियम हुन्छन् जुन मृगौलाका लागि राम्रो मानिँदैन । फ्रोजन फूडलाई ताजा राख्नका लागि स्टार्चको अत्यधिक प्रयोग गर्न गरिन्छ । यसका कारण मुटु रोग र मधुमेहको खतरा बढ्ने गर्छ । धेरै मात्रामा फ्रोजन फूड खाँदा तौल तीब्र गतीमा बढ्ने गर्छ ।

८. मार्जरिन

मार्जरिन अर्थात् नक्कली नौनीमा ट्रान्स फ्याट हुन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोललाई कम गर्छ र ब्याड कोलेस्ट्रोललाई बढाउँछ । धेरै मार्जरिन खाँदा पूरा शरीर सुन्निने गर्छ । इन्फ्लेमेशनका कारण मुटुरोग र स्ट्रोकको खतरा बढ्ने गर्छ । यसले शरीरलाई उमेर अगावै बुढो बनाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै