२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

स्वास्थ्य सुझावः धनीलाई लाग्ने रोग अब सबैलाई लाग्न सक्छ

२०८०, ३० कार्तिक बिहीबार ११:५९

रोग सबैलाई लाग्न सक्छ। रोगले कुनैपनि हैसियत हेरेर लाग्ने कि नलाग्ने भनेर छुट्याउँदैन। धनी होस् कि गरीब, उच्च ओहोदाको होस् कि निम्न पदमा आसिन, रोग सबैलाई लाग्न सक्छ। हिजोआज जुनसुकै अस्पतालमा उपचारका लागि पुगेका मानिसहरुलाई सर्सर्ती हेरियो भने थाहा हुन्छ उनीहरु सबैको हैसियत समान हुँदैन। कुरा यत्तिमात्र हो कि उपचार गर्न भने आर्थिक हैसियत अनुसारको अस्पताल छानेर मानिसहरु जाने गर्छन्। तर रोगले अस्पतालको हैसियत हेरेर बिरामीलाई सहानुभूति भने प्रकट गर्दैन। यो कुरा चिकित्सा विज्ञानका धुरन्धर विज्ञहरुले नै अनुसन्धान गरेपछि भन्ने गरेका छन्।

कुनैबेला केही धनीलाई मात्र लाग्छ भनिन्थ्यो। त्यसो भन्नाको कारण थाहा पाउन नसकेर सर्वसाधारण मानिसहरुले सहजै पत्याउने गरेका थिए। तर शिक्षाको स्तर बढ्दै गएपछि सबैलाई अवगत हुन थाल्यो कि रोगले विभेद गर्दै गर्दैन।

कुनैबेला शहर निवासी र धनी व्यक्तिहरुमा मात्र देखिने ह्रदयाघात, डायबिटीज, स्ट्रोक, हाडजोर्नी र क्यान्सर जस्ता रोग गरीब मानिसमा देखिँदैन थियो। जो ज्यादातर गाउँमा नै बसोबास गर्थे।

गाउँमा भन्दा धनी व्यक्तिहरु शहरमा बढी बसोबास गर्ने भएकाले उनीहरुलाई नै बढी यस्ता रोगले समाउँथे। अग्लाअग्ला भवन, आधुनिक सुविधाको रहन–सहन र स्वादिला व्यञ्जन उनीहरुको नियमित भोजन हुनेगर्छ। यही जीवनशैली बानी पर्दै जाँदा उनीहरु नै यस्ता रोगबाट संक्रमित हुने गर्छन्। 

तर यो रोगले सन् १९९० र २००० पछिका दशकमा बिरामीको वीच भेद गर्न छाड्यो र यसले सबैलाई गाँज्न थाल्यो। २००० सम्म आईपुग्दा त केही रोगले धनाढ्यलाई मात्र संक्रमण गर्छ भनिने गरेकामा अब गरीब र झुपडीमा बस्ने मानिसलाई पनि बाँकी राख्न छाड्यो। 


यी हुन् ती मुख्य रोग।

ह्रदयाघात

संसारभरी हरेक वर्ष ह्रदयाघातबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने गर्छ। २०१४ मा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा सन् १९९० पछि गाउँमा पनि कार्डियोभेस्कुलर डिजीजको समस्या दुइ गुणा बढेको देखाईएको थियो। यतिमात्र होइन ससाना बालबच्चाहरुलाई समेत ह्रदयाघात भैरहेको छ। उनीहरुलाई कोलेस्ट्रोल र उच्च रक्तचापको समस्या निकै बढेर गएको उक्त अनुसन्धानमा देखाईएको छ।

डायबिटीज 

हिजोआज ३० वर्षकै उमेरमा मानिसहरुलाई मधुमेहको समस्याले सताउन थालेको छ। तर केही वर्षअघिसम्म यस्तो समस्या देखापरेको थिएन। यो एक मेटाबोलिक रोग हो। जसमा रगतमा ग्लूकोज बढेर जान्छ। यसको असरले मृगौला र आँखालाई कमजोर बनाउँदै उपचार नपाए धेरै क्षति पनि गर्छ।

कोमा

हामी सबैले सुन्ने गरेका छौं कि धेरैजसो धनाढ्य व्यक्तिहरु कुनै रोगका कारण कोमामा जान्छन्। यसको मुख्य कारण हो स्ट्रोक। जसले मष्तिस्कको नसा बन्द भएपछि रक्तप्रवाहमा अवरोध आउँछ र शरीर हल न चल हुनपुग्छ।  

गठिया

गठिया रोग पनि धनीमानीलाई नै लाग्ने रोग मानिन्छ। जोर्नीहरु दुखेर उठबस समेत गर्न नसक्ने अवस्था आएपछि मानिस हिँडडुल नै गर्न असमर्थ हुन्छ। खासगरी यो समस्याले बूढेसकालमा बढी सताउँछ।  

क्यान्सर

यो रोगलाई पनि पहिला पहिला धनीलाई मात्र लाग्ने रोग भनेर चर्चा गरिन्थ्यो। यो रोगको उपचार असाध्य महँगो र दुर्लभ जस्तै भएकाले पनि उपचार खर्च निकै नै बढी हुनेगथ्र्यो। अहिले नै पनि यसको उपचार गर्दागर्दा मानिसहरु आर्थिक रुपले चौपट भएका समाचारहरु प्रकाशमा आईरहन्छन्। तर अहिले आएर जथाभावी खानपान गर्नाले क्यान्सरले धनी गरीब भनेर छुट्याउन छाडेको छ। 

यी थिए ठूला कारण

विशेष गरेर धनाढ्य मानिसहरु कम हिँडडुल गर्ने र सकेसम्म शरीरलाई कष्ट नदिने बानीमा रमेकाले उनीहरुको जीवनशैली विलाशी बनेको हुने गर्छ। व्यस्त दैनिकी र कम स्वास्थ्यकर खानपिनमा बानी परेका उनीहरु बढी स्वास्थ्य समस्यामा पर्ने गरेका हुन् भन्ने स्वास्थ्य विशेषज्ञहरुले बताएका छन्। शारीरिक व्यायामबिनाको तनावपूर्ण जीवनशैली नै उनीहरुलाई स्वास्थ्य समस्या आईपर्ने मुख्य कारण मानिएको छ।

बढी चिल्लो भएको खाद्यपदार्थ, अति गुलियो खानेकुरा, धेरै नून हालेको चर्को खानेकुरा, मदिरा, सुर्तिजन्य पदार्थ र प्याकिङ्ग खानेकुरा रोग निम्त्याउन कारक बन्ने विज्ञहरुले बताएका छन्।  

यो त सामान्य जानकारी मात्र हो। यस्ता समस्या देखा परेमा चिकित्सकसँग परामर्श नगरी आफूखुशी औषधि सेवन गर्नु हुँदैन। 

(विभिन्न स्रोतबाट)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला