२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

नङ फुल्नु गम्भीर रोगको लक्षण !

२७ पुष २०८०, शुक्रबार १०:३८

काठमाडौं | कहिलेकाही हाम्रा नङमा सेतो दाग जस्तो देखिन्छ । जसलाई हामी नङ फुलेको भन्छौ । हाम्रो समाजमा नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारणा छ। तर यो स्वास्थ्यसँग जोडिएको समस्या हो।

हामी भन्ने गर्छौ, “यदि नङमा सेतो दाग देखियो भने नयाँ कपडा लगाउन पाइन्छ ।” वास्तवमा यो शरीरमा रातो रक्तकोष, भिटामिन, म्यग्नेसियम, जीङ्क र क्याल्सियमको कमि भएमा देखा पर्छ । नङमा सेतो दाग देखिनु भनेको बितेको समयमा कतै चोट लागेको संकेत गर्नु पनि हो । कलेजो, मिर्गौला, मधुमेह, छालाका रोगहरु र एलर्जीका कारणले पनि नङमा सेतो दाग देखा पर्छ ।


केहि कस्मेटिक नङपालिस र नङपालिस हटाउने सामग्रीहरुको प्रयोगले नङमा सेतो दाग देखिन्छ । लामो समयसम्म औषधीको प्रयोग गर्नाले पनि नङमा सेतो दाग देखिन्छ । यसको नियन्त्रणका लागि स्वस्थ, सफा र ताजा पौष्टिक तत्वहरुको उपभोग गर्नुपर्छ र आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउनुपर्छ ।

नङ फुल्नुका कारण

नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ। नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ। घाइत भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन। ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउछ।

एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ। नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ।

जिंकको कमीः मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ। जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउछ। गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ।

प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउछ। यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ। तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउछ यी रेखा आफै हराउछ। यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौ।

क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउछ। तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस।

गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ। तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन।

के गर्ने ?

  • क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस्।
  • भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने।
  • मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ।
  • भिटामिन सि युक्त फलफुल खाने।
  • जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य