गुगल केवल सर्च इन्जिनमात्र हैन , गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।गुगललाई तपाइँले टाइमरका रुपमा,उल्था गर्न, "/> Sajhasabal गुगल केवल सर्च इन्जिनमात्र हैन , गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।गुगललाई तपाइँले टाइमरका रुपमा,उल्था गर्न, "/>
१ कार्तिक २०८१, बिहीबार
काठमाडौँ - KTM

गुगलबारे १४ रोचक जानकारी यस्ता छन्

६ मंसिर २०७३, सोमबार १२:५६

गुगल केवल सर्च इन्जिनमात्र हैन , गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।गुगललाई तपाइँले टाइमरका रुपमा,उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न, बिभिन्न हिसावकिताव राख्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही  फिचरहरुबारे  यहाँ जानकारी दिँदै छौं ।

१. गुगलको प्रयोगबाट  ब्रहृमाण्डको  पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई  खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ ।

२. आर्कषक डिजाइनका लागि नयाँ-नयाँ फन्टको जरुरी छ भने पनि गुगल तपाइँको सेवामा हाजिर छ । गुगलमा गुगल डट कम/फन्टस् मार्फत् तपाईले हजारौं फन्ट भेट्नुहुन्छ र यसलाई डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

३. आफ्ना प्रयोगकर्तालाई सौर्य प्रबिधिको प्रयोगमा प्रोत्साहित गर्न गुगलले ‘गुगल सनप्रुफ’ नाम परियोजना सुरु गरेको छ । गुगलको यो वेब टुल प्रयोग गरेर तपाइँले आफ्नो घरमा कति खर्चमा सोलार जोडन सकिन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

४. गुगललाई केवल सर्च इन्जिनमात्र मान्नु सर्वथा गल्ती हुनेछ । तपाइँले गुगलको प्रयोग टाइमरका रुपमा पनि गर्न सक्नुहुन्छ । गुगल सर्चमा गएर टाइम टाइप गरेर त्यसपछि टाइमर लेख्नुभयो भने निर्धारित समयपछि यसले तपाइँलाई समय सकिएको सूचना दिने छ ।

५.केही कुरा सम्झिन वा तुरुन्त नोट गर्न तपाइँले मोबाइल तथा डेस्कटपमा बिभिन्न नोट एपहरु प्रयोग गर्नुभएको होला । तर, गुगलले ल्याएको ‘गुगल किप’ एप यति गजबको छ कि तपाइँले सवै नोट एपलाई बिर्सनुहुने छ । डेक्सटप र मोवाइलका लागि उपयुक्त यो एपमा तपाइँले आफ्ना कामहरुबारे सुन्दर ढंगले क्रमबद्ध राख्न सक्नुहुन्छ ।यसका साथै रिमाइन्ड गराउन, नोटको कलर चेन्ज गर्न र नोट आफ्ना साथीलाई सेयर गर्न पनि यो निकै उपयोगी छ ।

६. तपाईलाई ठुलो सङख्या उच्चरणमा समस्या छ ? यदि छ भने गुगल खोल्नुस र १२ अंकभन्दा माथिका सङख्यालाई अंग्रेजीमा कसरी उच्चारण गर्ने थाहा पाउनुस । त्यसका लागि तपाइँले यहाँ तस्वीरमा देखाएजसरी अंकको अन्तिममा इङलिस शब्द राख्नुपर्छ ।

७. जीमेल केवल इमेल सेवामात्र रहेन इमेल एकीकृत गर्ने एप पनि हो । अर्थात् तपाइँले अब याहु, आउटलुक वा मेल डटकमको अकाउन्ट पनि जिमेल एपमा खोल्न सक्नुहुन्छ । यसअघि आउटलुकले ल्याएको यस्तै एप निकै लोकपि्रय भएको थियो । जहाँ तपाइँले जीमेल, याहु र अन्य इमेल सेवाको इमेल लिंक गरेर चलाउन सक्नुहुन्थ्यो ।अब तपाइँले याहु वा आउटलुक इमेल ठेगाना पनि जिमेलबाट चलाउन सक्नुहुन्छ । र, सवैभन्दा महत्वपूर्ण कुरा तपाइँले जीमेल अकाउन्ट चलाउँदा जे-जे सुविधा पाउनुहुन्थ्यो, ती अधिकांश सुविधा यो एपमा पनि पाइन्छ ।

८. यदि तपाइँ स्कलर हुनुुहन्छ र ठूला बिश्वबिद्यालय र चर्चित जर्नलले प्रकाशन गरेका लेखहरुको खोजीमा हुनुहुन्छ भने गुगल स्कलर सर्च सेवा तपाइँका लागि उपयुक्त हुनसक्छ । यसले अविश्वसनीय तरिकाबाट व्यवसायिक पत्रिका तथा अखवारबाट सूचना तथा जानकारी दिन सजिलो बनाइदिएको छ ।

९. गुगलले सुरु गरेको गुगल कल्चरमा तपाइँले संसारभरीका महान कलाकारले बनाएका पेन्टिङ र ठूला म्यूजियममा राखिएका कलाहरु पाउन सक्नुहुन्छ । र, यस्ता तस्वीर हाइ रेजुलेसनमा पाइन्छ ।

१०. यदि तपाइँ डिजिटल मार्केटिङ पेशा वा ब्यबसायमा हुनुहुन्छ भने डिजिटल दुनियाँ छिचोल्न र यसभित्रका प्राबिधिक बिषय बुझ्नु निकै महत्वपूर्ण हुन्छ । यसलाई समाधान गर्न गुगलले सुरु गरेको ‘थिंकवीथ गुगल’ सेवा । यो यस्तो डिजिटल चिट सिट हो जसले तपाइँलाई डिजिटल दुनियाँका धेरै ज्ञान सित्तैमा बाँड्ने छ ।

११. सर्च इन्जिन गुगलमा हरेक पल मानिसहरु नयाँ नयाँ कुरा खोज्न भौतारिइरहेका हुन्छन् । सेलिबि्रटी, खाना, घुम्ने ठाउँ, समाधानका उपाय आदि बिषय गुगलमा खोजिन्छन् । तपाइँले दिनभर बिश्वबाट केके कुरा खोजियो भन्ने रोचक जानकारी गुगलमै पाउनुहुन्छ । गुगल ट्रेन्डले हरेक दिन सबैभन्दा खोजी गरिएका कुराहरु देखाउँछ ।

१२. तपाइँले भेटेका कुनै तस्वीर सवैभन्दा पहिले कहाँ अपलोड भएका थिए वा त्यस्तै आकृति भएका अरु तस्वीर कहाँ छन भन्ने पनि गुगलबाटै थाहा पाउन सक्नुहुन्छ । यसका लागि तपाइँले गुगलमा गएर सर्च बाइ इमेज अप्सनमार्फत तस्वीर वा तस्वीरको लिंक अपलोड गर्न सक्नुहुन्छ ।

१३. यात्रामा निस्कदा जहिले पनि भाषाको समस्या पर्छ नै । बिभिन्न संकेत वा ठाउँको नाम नबुझ्ना अलमल पनि परिन्छ । यो समस्याको समाधान पनि गुगलले गरिदिन्छ । गुगल ट्रान्सलेट एपमा जानुहोस र बास्तविक समय र आवाजमा अनुवादको सुविधा लिनुहोस् । देश र स्थानअनुसारको भाषामा अनुवादसहित यो सुविधा उपलब्ध छ ।

१४. गुगल साउण्ड सर्च विजेटको सुविधाले तपाईले सुनिरहनुभएको गीतहरुबारे जानकारी पाउन सकिन्छ । साथै गुगल प्ले स्टोरमा रहेका गीत संगीत खरिद गर्न तपाईलाई सहायता पुर्याउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम