सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको "/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! यस्तो अवस्थामा यौन सम्पर्क नगरौं

२०७३, १९ फाल्गुन बिहीबार ०८:१९

सुखी दाम्पत्य जीवनको लागि यौन अत्यावश्यक कुरा हो । तर पनि कतिपय यस्ता अवस्था हुन्छ, जतिबेला यौन सम्पर्क राख्नु सहि हुँदैन । दाम्पत्य जीवन सुरु गरिसकेका वा नगरेका सबैको लागि यो जनाकारी आवश्यक छ अन्यथा समस्यामा परिन्छ, जब समस्या पर्छ तब पछुताएर पनि केहि फाइदा हुँदैन । तल दिईएको जानकारी पढ्नुहोस् 

१. आपसी सहमति र इच्छा बिपरित

यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन । यसले तपाईप्रति हेर्ने दृष्टिकोणमै फरक पर्छ । साथै असमझदारीको अवस्थामा जेल सम्म पनि पुग्नु पर्ने हुन्छ । पार्टनर नमान्दा-नमान्दै सेक्समा तल्लिन हुँदा त्यसलाई जबर्जस्ति करणीको मुद्धा पनि लाग्छ । 

पार्टनरका लागि टिप्स

–   यौन सम्पर्कअघि पार्टनरलाई बिस्तारै मानसिक रुपले तयार गर्ने । यसका लागि उनलाई आफ्नो सामिप्यता महसुष गराउनु पर्छ । प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । 

२. झगडा वा मनमुटाव भएको बेला

धेरैले के ठान्छन् भने, मनमुटावको अवस्थामा यौन सम्पर्क गर्दा सम्बन्धमा सुधार आउँछ । तर, कहिले कहिं त्यसले उल्टो नतिजा दिन्छ । यौनको अर्थ प्रेम दर्शाउनु पनि हो । जबरजस्ती यौन सम्पर्क राख्ने प्रयासले थप झगडा निम्त्याउन सक्छ । किनभने यो शारीरिक क्रिया त हो तर, यसमा भावना पनि आवश्यक हुन्छ ।

पार्टनरका लागि टिप्स

–    लडाई-झगडा सुल्झाउनका लागि सबैभन्दा पहिला पार्टनरलाई फकाउनुहोस् । आफ्नो गल्ती छ भने माफी माग्नुपर्छ । पार्टनरलाई खुसी तुल्याउन गिफ्ट दिन सकन्छ । जब पार्टनर खुसी हुन्छ, तपाईले उनलाई पगाल्न तपाईलाई गाह्रो पर्ने छैन ।

३. गर्भवती भएको अवस्थामा

पत्नी गर्भवती भएको बेला यौन सम्पर्क राख्नुहुन्छ कि हुँदैन, कसरी राख्ने, कहाँ राख्ने ? यावत जिज्ञासा उठ्छ । विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।

पार्टनरका लागि टिप्स

–    गर्भवती भएको बेला पार्टनरको पुरा ख्याल राखौं । उनीहरुलाई हरबखत खुसी राख्नुपर्छ । विज्ञका अनुसार गर्भवती भएको चौथो र सातौ महिनासम्म यौनसम्पर्क राख्न सकिन्छ, यद्यपी पार्टनरको सहज महसुष भएमा मात्र ।

४. शल्याक्रिया लगत्तै

शल्याक्रिया चाहे जतिसुकै सानो होस, जबसम्म घाउ पूर्ण रुपले निको हुँदैन यौनसम्पर्क राख्नु हुँदैन । सामन्य त चिकित्सकले शरीरको शल्याक्रियापछि तीन महिनाका लागि यौन सम्पर्क नगर्ने सल्लाह दिने गरेका छन् ।

पार्टनरका लागि टिप्स

–    तपाईले यो सोच्नुपर्छ कि, शल्याक्रियापछि औषधी र थेरापीको कारण पार्टनरलाई यौन सम्बन्धमा इच्छा हुँदैन । यसका साथै शरीरको घाउले उनीहरुलाई केहि सोच्न दिदैन । यस्तो अवस्थामा उनलाई तपाई प्रेम र उर्जा दिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा