२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आत्महत्या गर्नु अघि मानिसको दिमागमा यस्ता कुराहरु आउँछन्

२०७४, २५ भाद्र आईतवार १८:१५

आजकल आत्महत्याको बिषयमा धेरै घटना आईरहेका छन् । मानिसहरु थोरै तनावमा समेत आत्महत्या गरे गरेका छन् । आज हामीले यहाँ आत्महत्या गर्नेको दिमागमा मर्नु अघि कस्तो कुरा आउँछ, वास्तविकता तपाइँ पनि जान्नुहोस् । 

आत्महत्या चिन्ताको बिषय हो । दैनिक कुनै न कुनै आत्महत्याको समाचारहरु आईरहन्छन् । आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी युवाहरु पर्छन् । बाहिरी रुपमा मानिस जति नै बलियो जस्तो लागे पनि उसले जब भित्री ब्यबहार देखाउंछ तब उसको कमजोरी बाहिर आउँछ । जब उसमा तनाव र अत्यन्त अफ्ट्यारो परिस्थिति आउँछ तब उसले आत्महत्या नै उत्तम बिकल्प ठान्छ । प्राय आत्महत्या कसैको सपोर्ट नपाएको कुराले बल दिएपछी हुन्छ । कुनै घटना घटेपछि जब व्यक्ति तनावमा रहन्छ तब उसको साथमा कोहि छ र उसले सपोर्ट गरिरहेको छ उसले आफुले आफुलाई एक्लो महशुस गर्छ तव उसले आत्महत्या गर्छ । 

आत्महत्या गर्नुको कारण वास्तवमै धेरै छन् । किटान गरेर आत्महत्या यस कारण हुन्छ भन्ने बिषयमा केहि भन्न नसक्ने भएता पनि आत्महत्याको मुख्य कारणहरुको बारेमा चर्चा गरिएको छ ।

मेरा दु:ख सबैभन्दा ठूलो

धेरैजस्तो आत्महत्या आफुलाई परेको पींडा र दु:खलाई पार लगाउनको लागि गरिन्छ । आत्महत्या गर्नेले मरेपछि आफुलाई परेको सबै दु:ख सजिलै सकिने सोचेर आत्महत्याको बाटो अपनाउने गर्छ । यदी कसैलाई टाउको समेत उठाउन नमिल्ने गरि ऋणको बोझ छ, दैनिक साउहरुको कच-कचको कारण उसलाई निकै तनाव बनाउँछ तब उसले सोच्छ कि मरेपछि सबै तनाब सकिन्छ । तर वास्तवमा उसले सोचेको हुँदैन कि उसको मृत्युमा उसको आफन्तजनमा कति दु:ख थपिन्छ । यस्तो अवस्थामा जसले आत्महत्या गर्छ उसलाई तनाब नभएपनि जसलाई उसले जिउँदो छोडेर जान्छ, उनीहरु बाँचेर पनि मरे समान बन्छन् । 

आजकल यस्तो आत्महत्या पनि हुन थालेको छ कि मर्ने बेलामा आफुले के कारण आत्महत्या गर्दैछु भन्ने लेखेर वा लाइभ दिएरै मानिसहरुले आत्महत्या गर्न थालेका छन् । यसरी मर्नेहरुले सोसाल मीडियामा आफ्नो भिडियो हाल्छन र दुनियालाई आफु मर्नुको कारण बताउंदै मर्छन । 

के पनि मान्यता छ भने जसले आत्महत्या गर्छ उसले अरुलाई आफुले सोचेको कुरा प्रमाणित गर्नकै लागि पनि यस्तो बाटो अपनाउने गर्छ । उदाहरणको लागि आफ्नो प्रेमिकासँग सम्बन्ध बिग्रिएपछी आफु उसलाई कति मायाँ गर्छु भन्ने देखाउनको लागि आत्महत्या हुने गर्छ । 

वास्तवमा धेरै आत्महत्याकर्ताले आफुलाई परेको समस्याबाट मुक्ति पाउनओ लागि आत्महत्या गर्ने गर्छन भन्नेमा धेरैको सहमति छ । 

यदी कसैले एक-दुई पटक आत्महत्याको कोसिस गर्छन भने त्यस्तो मानिसले पटक-पटक जरूर आत्महत्याको कोसिस गर्छन । यस्तो अवस्थामा त्यस्तो मानिसलाई सहि तरिकाले गाइड गर्न सकियो वा सम्झाउन सकियो भने उसको सोच सकारात्मक बन्छ र उसले एरि आत्महत्याको कोसिस गर्दैन । 
केहि मानिसहरु जो मृत्युको मुखमा पुगेर फर्केका छन्लो उनीहरुले बताए अनुसार आत्महत्याको पहिलो कारणनै एक्लोपन हो त्यस्तै पीडा र दु:ख बाड्ने मान्छेको अभावमा पनि आत्महत्या हुन्छ । अर्को कुरा आफुले असाध्यै चाहेको कुरा गुमाउँदा वा नपाउँदा पनि आत्महत्या गर्ने मन हुन्छ । यस्तो अवस्थामा आत्महत्या गर्न चाहने व्यक्तिले आफुले सबैभन्दा बढी चाहेको व्यक्तिलाई मात्र सम्झिन्छ र आत्महत्याको कोसिस गर्छ तर त्यतिखेर उसलाई उसका अन्य साथी, परिवारले पनि मायाँ गर्ने र उसको दु:खको बिषयमा सम्झाई-बुझाई गर्न सके उसले आत्महत्या गर्दैन । 
कतिपय मानिसले आत्म हत्या गरुको अर्को खास कारण पनि छ । कतिपय मानिसहरुले आत्महत्या गरेर मरेमा स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । 
जे होस् आत्महत्या गर्नु राम्रो हुँदै होइन । जीवनलाई अमुल्य मानेर हरेक संघर्षमा अघि बढ्नुपर्छ । जीवनमा सुख /दु:ख एक सिक्काको दुई पाटो जस्तै हो त्यसैले दु:खलाई बुझेर सुख खोज्नेले मात्र जीवनलाई बुझेको हुन्छ । जीवन बुझ्नेले आत्महत्या गर्ने सोच राख्दैन  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल