टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको ला"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ बेरोजगार हुनुहुन्छ ? यस्ता काम गर्नुस लाखौँ कमाउन सकिन्छ

२०७४, ५ आश्विन बिहीबार १७:४४

टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । 

आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ । 

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस: 

१.  फोटोग्राफर

फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ । 

२.  ट्रान्सलेशन 

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ । 

३.  आइसक्रीम पार्लर 

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ । 

४.  इलेक्ट्रीसियन 

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ । 

५.  सवारी साधन मर्मत सेवा (ग्यारेज)  

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ । 

६.  ड्राइभिंग सेवा 

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस | खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ | ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस | यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ | अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल