१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्तुष्टिपूर्ण यौनजीवनका लागि यस्ता ७ कुराहरु गर्नुहोस्

९ आश्विन २०७४, सोमबार ११:१५

१ निद्राः यौन जीवनसँग निद्राको गहिरो सम्बन्ध छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको सेक्स जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन । साथै, यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैन पनि ।

२ खानपानः भव्य सेक्स जीवनका लागि पौष्टिक खानपिन आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्ने विश्वास गरिन्छ ।

३ आराम: शरीर र मनलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।

४ व्यायाम: शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।

५ मुड: बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । यसरी मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पु¥याउँछ ।

६ गीत: सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।

७ कपडा: राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा जानुभयो भने यसले तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँछ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह