१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि डिभी खुल्ने, कसरी भर्ने ? कहिलेसम्म छ म्याद ?

१७ आश्विन २०७४, मंगलवार ०३:११

असोज १७, काठमाडौँ | सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता आज बेलुका ९:४५ बजेदेखि सुरु हुँदैछ । आजदेखि खुल्ने डिभी कार्यक्रम नोभेम्बर 7, २०१७ (२०७४ कार्तिक २१) बन्द हुनेछ ।

डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । अवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

लाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिन्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।

डि.भी. का लागि छनोटमा परेनपरेके थाहा पाउनको लागि कुनै फोन र इमेल नअउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दुतावासले सचेत गराएके छ। रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको  बसाइट https://np.usembassy.gov/visas/immigrant-visas जान दुतावासले सल्लाह दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै