१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पले टोके यसो गर्नुहोस, सर्पका टोकाईवाट देखिने लक्षणहरु यस्ता छन

२२ आश्विन २०७४, आईतवार ०६:३६

चिसाङ शेर्पा । खेतीपाती गर्ने शिलसिलामा सर्पले टोके अथवा डसेमा नआतिएर संयम भई सर्प चिन्ने कोशिष गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । 

पहाडमा सिजन अनुसार देखा पर्ने सर्पले टोके तत्काल स्वास्थ्य चौकी जानु उपयुक्त हुने उनीहरुको भनाई हुन्छ । यता, जिल्ला अस्पताल खोटाङको रिपोर्ट अनुसार खोटाङमा हालसम्म विषालु सर्प नभेटिएको पाईएको छ । जिल्लामा साधारण विष निकाल्ने सर्पमात्र पाईएको जिल्ला अस्पताल खोटाङका स्वास्थ्य प्रमुख राम बहादुर केसीले बताउनुभयो । 

यद्यपी, ‘अहिलेसम्म विषालु सर्प नपाईए पनि पहाडी भेगमा तराईवाट सप्लाई गरिने पानीका पाईपहरुमा गोमन, करेतजस्ता सर्प आउँन सक्ने भएकाले सचेत हुन आग्रह गरे ।’ 

खोटाङमा सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउजस्ता सर्प पाईन्छ । गतवर्ष जिल्ला अस्पतालमा सर्पका टोकाईका तीस जना उपचार गर्न आएका र सर्पका टोकाईवटा खोटाङमा अहिलेसम्म मानिसको मृत्यु नभएको डाक्टर केसीले जानकारी दिनुभयो । 

सर्पका टोकाईवाट हुने लक्षणहरु

१ सामान्य विष भएका ग्रीन स्नेक, पानी सर्प, हरेउले डसेमा, शरीरको टोकेका भाग दुख्ने, पोल्ने हल्का सुन्निने हुन्छ । 

२ विषालु विष भएका गोमन, करेतजस्ता सर्पले डसेमा दुई मुख्य लक्षण देखा पर्दछ । जुन शरीरका वाहिर भागमा नदेखिन सक्छ । न्युरो टक्सीस (नशा, सिधा मष्तिष्कमा असर र श्वासप्रश्वासमा वन्द) हेमाटो टक्सीस (रगतमा सिधा असर गरी विलिडिङ गराउँने तथा ब्लड सर्कल रोक्ने गर्दछ ।)

सामान्य विषवाला सर्पले टोके यसो गर्नुहोस 

सर्पले टोकेको भागमा हल्का सफा कपडाले वाँध्ने, ब्लेडले चिरेर टोकेको भागमा भएको विषयुतm रगत निकाल्ने, व्याण्डेज गरेर स्वास्थ्य चौकी गई स्वास्थ्यकर्मीको सल्लाहमा दुखाई कम गर्ने औषधी खानुपर्दछ । विषालु सर्पले टोकेमा कम्तीमा एक घण्टाभित्र उपचार गर्नुपर्ने, सो समयमा उपचार नपाए मानिसको मृत्यु हुने चिकित्सकहरुको भनाइ छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन