१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाईराखौं ! बढी सुत्नुका बेफाइदाहरु यस्ता छन्

३१ आश्विन २०७४, मंगलवार १२:५०

टिप्स | बढी खाएपछि चिनी पनि तितो हुन्छ भन्ने उखानै छ । मानव स्वास्थ्यका लागि सुत्नु मात्र नभएर दैनिक जिवन यापनका लागि समेत अनिवार्य कर्म हो । तर यदि सुत्ने काम पनि चाहिने भन्दा बढि गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यूवा लागि दिनको ७ देखि बढिमा ९ घण्टासम्मको सुताइ पर्याप्त हुन्छ ।

तर यदि कोही मानिस रातमा ९ घण्टा भन्दा बढि सुत्न थाल्यो भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । बढि सुत्ने मानिसमा विभिन्न खाले रोगको डर पनि बढ्ने विज्ञहरुले बताएका छन् । बढि सुत्नुका सबैभन्दा ठूलो ४ जोखिम यस्ता छन् । 

डिप्रेसनको जोखिम बढाउँछ

सन् २०१४ मा वयस्क जुम्ल्याहाहरुमा गरिएको अध्ययनले आवश्यकता भन्दा लामो सुताइका कारण मानिसहरुमा डिप्रेसनका लक्षणहरु देखिने जोखिम बढाउने तथ्य पत्ता लगाएको थियो । त्यसक्रममा ७ देखि ९ घण्टासम्म सुत्ने मानिसमा पुख्र्यौली डिप्रेसनका लक्षण २७ प्रतिशत देखिएका थिए भने ९ घण्टाभन्दा बढि सुत्नेहरुमा ४९ प्रतिशत ।

बढि लामो समयसम्म सुत्नाले मस्तिष्कको कार्यलाई पनि असर पूराउने सन् २०१२ मा गरिएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा ९ घण्टाभन्दा बढि सुत्ने महिलाहरुको मस्तिष्क उनीहरुको वास्तविक उमेर भन्दा २ वर्ष बढि बुढो देखिने गरेको छ ।

गर्भाधारणमा समस्या

सन् २०१३ मा दक्षिण कोरियामा एउटा अध्ययन गरिएको थियो, जसमा कृत्रिम गर्भाधानको प्रक्रियामा समावेश भएका ६ सय ५० जना महिलाहरुको सुत्ने आनीबानीको विषयमा विश्लेषण गरियो ।

त्यसक्रममा के पाइयो भने रातमा ७(८ घण्टामात्र सुत्ने महिलाहरुमा गर्भाधारणको दर उच्च रह्यो भने ९ देखि ११ घण्टासम्म सुत्ने महिलाहरुमा गर्भाधारणको दर न्युन देखियो । प्रजनन विज्ञहरुका अनुसार सुताइले महिलाहरुको हर्मोन उत्सर्जन तथा महिनावारी चक्रमा प्रभाव पार्छ । यस्तै बढि सुत्नाले जिउमा मधुमेहको जोखिम पनि बढ्ने देखिएको छ ।

अध्ययन अनुसार रातमा ८ घण्टा भन्दा बढि सुत्ने मानिसमा टाइप टू मधुमेहको जोखिम ७ देखि ८ घण्टासम्म मात्र सुत्ने मानिसमा भन्दा दोब्बर रहने देखिएको छ ।

मोटोपना तथा वजन वृद्धि

सरीरको तौल नियन्त्रणका लागि पर्याप्त सुताइ आवश्यक पर्छ । आवश्यकता भन्दा कम तथा आवश्यकता भन्दा बढि सुताइले जिउको वजन बढ्ने अध्ययनले देखाएको छ । अध्ययन अनुसार सन्तुलित भोजनका बाबजुत दिनमा ९ देखि १० घण्टासम्म सुत्ने मानिसहरुमा ६ वर्षको अवधिमा ५ किलो तौल बढ्ने सम्भावना २५ प्रतिशत देखिएको छ ।

मुटुका लागि खतरनाक( सन् २०१२ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको बैठकमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदन अनुसार रातमा ८ घण्टाभन्दा बढि सुत्नाले मुटु सम्बन्धि स्वास्थ्य समस्या निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन