२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइको मोबाइल ह्याङ् भयो ? यसो गर्नुस

२ चैत्र २०७४, शुक्रबार ११:४४

यदि तपाइँको फोन बारम्बार ह्याङ् भएर समस्या दिन्छ भने तपाइँले कुनै गल्ती गरिरहनु भएको छ । यी कुरामा ध्यान दिनु भो भने तपाइँको फोन कहिले पनि ह्याङ हुने छैन ।

१. यस्ता फाइल र फोल्डर जसको प्रयोग कम हुन्छ यस्तालाई क्लाउड स्टोरमा स्टोर गर्नुस् । यसो गर्दा मोबाइलको इन्टरनल मेमोरी खाली रहन्छ । क्लाउड स्टोर भर्चुअल ड्राइभ जस्तै हो यसमा तपाइँ आफ्नो डाटा सेभ गर्न सक्नु हुन्छ । गुगल ड्राइभ, वन ड्राइभ र ड्रप बक्स क्लाउड स्टोरेज एप्लिकेशन प्रयोग गरेर मोबाइलको मेमोरी कम गर्न सकिन्छ ।

२. फोन ह्याङ हुने सबैभन्दा मुख्य कारण इन्टरनल मेमोरी हो । जव फोनको इन्टरनल मोमरी वा र्‍याम कम हुन्छ अनि फोन ह्याङ हुन्छ । यसका लागि तपाइँले स्मार्टफोनमा एक्सप्याण्डल मेमरीको अप्सनमा गएर त्यहाँ भिडियो, पिक्चर आदि सेभ गर्न सक्नु हुन्छ । जुन एप्लिकेशन प्रयोग हुँदैन त्यस्तो एप्लिकेशन हटाइदिनुस् । यसले फोन ह्याङ हुने समस्या कम गर्छ ।

३. हरेक स्मार्टफोनमा फ्याक्ट्री डाटा रिसेट अप्सन हुन्छ । फ्याक्ट्री रिसेट गर्दा फोनको ह्याङ हुने समस्या समाधान हुन्छ । तर त्यसो गर्न अघि फोनको डाटा ब्याकअप गर्न नभुल्नुस् ।

४. फोनबाट त्यस्ता सबै चिज डिलिट गरिदिनुस् जुन तपाइँलाई आवश्यक छैन । त्यति मात्र होइन फोनको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुस् यहाँ क्यास डाटा (Cache data) को विकल्प आउँछ त्यहाँ गएर क्लियर डाटा गर्नुस् । समय समयमा यस्तै गर्नुस् ।

५. फोनमा गीत, भिडियो, तस्वीरे र अन्य डाटा एक्सटर्नल मेमरीमा सेभ गर्नुस् । तपाइँले एक्सटर्नल मेमरीलाई डिफल्ट राख्नु भयो भने सेभ हुँदा त्यसमै हुन्छ ।

इन्टरनल मेमरीको धेरै भाग खाली राख्दा फोन ह्याङ हुने समस्या कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली