१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मरणशक्ति कसरी बढाउने ?

७ चैत्र २०७४, बुधबार ११:०१

एजेन्सी, हामी कहिले काहीँ आफैले राखेको बस्तु बिर्सेर हैरान बन्छौं । पछुताउँनु सिवाय विकल्प हामीसँग हुँदै । हामी चाहन्छौँ सबै भन्दा तेज दिमाग भैदिए हुन्थ्यो । आरिस र प्रतिस्प्रधा गर्न खोज्नु मानव जातीको गुण नै हो । स्वाभाविक पनि । तर, वास्तवमा सबैसँग त्यो क्षमता नहुनसक्छ । निरन्तरतामा भर पर्छ । मानिस शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । दिमागलाई कसरी सधैँ स्वास्थ र तेजिलो राख्न सकिन्छ भन्ने विषयलाई प्रस्तुत गरेका छौँ ।

१, हिडडुल गर्ने

हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिँड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिड्नुहोस्, ताकी तपाईँको दिमाग बढी सक्रिय होस् ।

२, कफी पिउनुहोस्

ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकरात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

३, पर्याप्त निन्द्रा

दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न बयस्कको दिमागलाई दैनिक ७ घण्टा निन्द्राको आवश्यक पर्छ ।

४, खेल खेल्ने

खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ । शारीरिक रूपमा बाहिर जान समय नभएमा कम्पयुटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकि खेलले दिमागको व्यायाम गराउँछ ।

५, गीत सुन्ने र गाउने

स्मरण शक्ति बढाउन गीतले पनि ठुलो सहयोग गर्छ । गीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ ।आफ्नो लयबद्धताका कारण गीत सजिलै तपाईँको दिमागमा बस्छ । आफ्नो मनपर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईँ सम्झन चाहनुहुन्छ । यसबाट तपाईँले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६, विषयलाई जोड्नुहोस्त

तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पुरानो विषयसंग जोड्न सिक्नुहोस् । यसले तपाईँलाई दुवै कुराका बारेमा आवश्यक कुराहरू सम्झन सजिलो हुनेछ ।

७, दोहोर्‍याउनुहोस्

यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

८, नयाँपन अपनाउनुहोस्

यदि तपाईँ कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईँ नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माई भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । अथवा, सूत्रबद्ध रूपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

९, कार्डमा लेख्नुहोस्

जब महत्त्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईँलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

१०, पढेको कुरालाई महसुस गर्नुहोस्

पढेको कुरालाई मष्तिष्कमा एक तस्बिर बनाउने प्रयास गर्नुहोस्, यसबाट लामो समयसम्म याद राख्न सकिन्छ । पढिरहेको बेलामा तपाईँ ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

११, उदाहरण दिनुहोस्

जब तपाईँ कुनै पनि कुरालाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल