२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मरणशक्ति कसरी बढाउने ?

२०७४, ७ चैत्र बुधबार ११:०१

एजेन्सी, हामी कहिले काहीँ आफैले राखेको बस्तु बिर्सेर हैरान बन्छौं । पछुताउँनु सिवाय विकल्प हामीसँग हुँदै । हामी चाहन्छौँ सबै भन्दा तेज दिमाग भैदिए हुन्थ्यो । आरिस र प्रतिस्प्रधा गर्न खोज्नु मानव जातीको गुण नै हो । स्वाभाविक पनि । तर, वास्तवमा सबैसँग त्यो क्षमता नहुनसक्छ । निरन्तरतामा भर पर्छ । मानिस शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । दिमागलाई कसरी सधैँ स्वास्थ र तेजिलो राख्न सकिन्छ भन्ने विषयलाई प्रस्तुत गरेका छौँ ।

१, हिडडुल गर्ने

हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिँड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिड्नुहोस्, ताकी तपाईँको दिमाग बढी सक्रिय होस् ।

२, कफी पिउनुहोस्

ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकरात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्त्वपूर्ण मानिन्छ ।

३, पर्याप्त निन्द्रा

दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न बयस्कको दिमागलाई दैनिक ७ घण्टा निन्द्राको आवश्यक पर्छ ।

४, खेल खेल्ने

खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ । शारीरिक रूपमा बाहिर जान समय नभएमा कम्पयुटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकि खेलले दिमागको व्यायाम गराउँछ ।

५, गीत सुन्ने र गाउने

स्मरण शक्ति बढाउन गीतले पनि ठुलो सहयोग गर्छ । गीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ ।आफ्नो लयबद्धताका कारण गीत सजिलै तपाईँको दिमागमा बस्छ । आफ्नो मनपर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईँ सम्झन चाहनुहुन्छ । यसबाट तपाईँले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६, विषयलाई जोड्नुहोस्त

तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पुरानो विषयसंग जोड्न सिक्नुहोस् । यसले तपाईँलाई दुवै कुराका बारेमा आवश्यक कुराहरू सम्झन सजिलो हुनेछ ।

७, दोहोर्‍याउनुहोस्

यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

८, नयाँपन अपनाउनुहोस्

यदि तपाईँ कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईँ नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माई भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । अथवा, सूत्रबद्ध रूपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

९, कार्डमा लेख्नुहोस्

जब महत्त्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईँलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

१०, पढेको कुरालाई महसुस गर्नुहोस्

पढेको कुरालाई मष्तिष्कमा एक तस्बिर बनाउने प्रयास गर्नुहोस्, यसबाट लामो समयसम्म याद राख्न सकिन्छ । पढिरहेको बेलामा तपाईँ ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

११, उदाहरण दिनुहोस्

जब तपाईँ कुनै पनि कुरालाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से