२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के केरासँग अण्डा खाँदैमा मानिसको मृत्यु हुनसक्छ ?

२०७४, १४ चैत्र बुधबार १९:२८

हिजोआज सोसियल मिडियामा एउटा पोष्ट भाइरल भएको छ । अण्डा र त्यसलगत्तै केरा सेवन गरिएको केही सेकेण्डमै भारतका एक व्यक्तिको मृत्यु भएपछि उक्त पोष्ट सोसियल मिडियामा एकाएक भाइरल बन्दै गएको छ ।

उक्त पोष्टलाई आधार मान्ने हो भने अण्डा र केराको मिश्रणले पेटमा गएर विषको रूप लिने गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ । त्यसैले अण्डा र केराकेा सेवन नगर्न सोसल मिडियामा सुझावको ओइलो लागेको छ ।

आखिर अण्डा र केरामा त्यस्तो के छ, जसको सेवनका कारण मानिसको मृत्यु समेत हुनसक्छ ?

अण्डा र केराका फाइदा

अण्डा तथा केरा हरेक घरमा पाइन्छन्, खाइन्छन् । विशेषगरी जीम जाने तथा शारिरिक व्यायाम गर्नेहरू माझ लोकपि्रय अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ भने फलफूलको रूपमा सेवन गरिने केरामा आइरन तथा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसबाहेक पनि अण्डा तथा केरा सेवन गर्दा थुप्रै फाइदा हुने गर्छन् ।


केराका फाइदा

केरामा भरपूर मात्रामा आयरन, पोटासियम, फाइबर तथा मिनरल्स पाइन्छ । यो ग्लूकोज तथा प|mुट्रोसको पनि राम्रो स्रोत हो । आइरनले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ भने पोटासियमले रक्तसञ्चारलाई सही तरीकाले प्रवाह गर्न मद्दत गर्छ ।

केराको सेवनले ब्लड प्रेसर नियन्त्रण रहनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

केराले शरीरलाई रोगहरूबाट बचाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा केराको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

अण्डाका फाइदा

प्रोटिनको राम्रो स्रोत मानिएको अण्डामा भरपूर मात्रामा स्याचुरेटेड फ्याट, क्याल्सियम, अमिनो एसिड तथा भिटामिन ‘डी’ समेत प्रशस्त मात्रामा पाइन्छ ।

यसको सेवनले शरीरको स्टामिना बढाउनुका साथै मांशसपेशीलाई बलियो बनाउन मद्दत गर्दछ ।

के यी दुईको सममिश्रण शरीरका लागि घातक छ ?

चिकित्सकहरूका अनुसार केरा र अण्डा एकैसाथ खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार छैन ।

तथापि विभिन्न किसिमको कीटनाशक औषधीको प्रयोग तथा केरालाई पकाउनका लागि गरिने विभिन्न औषधीको प्रयोगका कारण औषधीको डोज धेरै भएमा त्यस्ता औषधीले मानव शरीरलाई असर पार्दछ ।

व्याक्टेरिया तथा संक्रमित अण्डाको सेवनका कारण पनि शरीरमा फुड प्वाइजनिङको समस्या निम्तने गर्दछ । जसका कारण मानव शरीरमा गम्भीर समस्या निम्तेर मानिसको मृत्यु सक्ने ओम अस्पताल तथा रिसर्च सेन्टरका पोषणविद् डा. भूपाल बानियाँ बताउँछन् ।

बानियाँ भन्छन्, ‘खानेकुरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्ने कुराको तर्क छैन । यद्यपि प्रत्येक मानिसको शरीर फरक हुने तथा त्यसले गर्ने काम समेत फरक हुने भएकाले कसैलाई त्यही कुराले फाइदा गर्छ भने कसैलाई हानिनोक्सानी पुर्‍याउन सक्छ ।’

अण्डा तथा केरा खाएकै कारण मानिसको मृत्यु हुन्छ भन्नु सही नभएको बानियाँ बताउँछन् । उनका अनुसार कयौ मानिसलाई अण्डाको एलर्जी हुने गर्दछ । अण्डाको एलर्जी भएका व्यक्तिले अण्डाको सेवन गरेमा उनीहरूलाई चिलाउने, घाउ खटिरा तथा विविरा आउने, पेट दुख्ने तथा फुल्नेजस्ता समस्या देखा पर्न सक्छन् ।

त्यस्तै, कसैलाई ग्लूटेन मिसिएको खानेकुराको कारण एलर्जी हुनसक्छ भने कसैलाई मिल्क प्रोटिनका कारण दूधको एलर्जी हुनसक्छ ।

र, त्यही एलर्जीका कारण मानिसको मृत्यु समेत हुनसक्दछ ।

त्यसो भए अन्य कुनै खानाको मिश्रणले पनि यस्तो समस्या उत्पन्न हुनसक्छ ?

यस प्रश्नमा चिकित्सकहरू संसारमा त्यस्ता कुनै मिश्रण नभएको बताउने गर्छन् । डा. बानियाँ भन्छन्,’ मेडिकल साइन्समा यस्तो कुनै मिश्रण छैन, जसको सेवन गरेकै कारण मानिसको मृत्यु हुन्छ । यद्यपी, फिजिकल , बायोलोजीकल तथा केमिकल्स मिसावटयुक्त खानेकुराकेा सेवनका कारण भने मानिसको मृत्यु सक्ने कुरालाई भने नर्कान सकिदैन’ ।

विशेषगरी, फिजिकल मिसावट अन्तर्गत खानामा रौ, चुरा आदी मिसाएको कारण त्यसले आन्द्रामा समस्या निम्त्याउन सक्दछ । जसका कारण शरीरमा गम्भीर समस्या उत्पन्न भई मानिसको मृत्यु समेत हुन सक्छ ।

त्यसैगरी, जैविक मिसावट अन्तर्गत वासी, सडेगलेका, ढुसीयुक्त तथा व्याक्टेरियायुसक्त खानेकुरा पर्दछ । केमिकल्स कन्ट्यामिनेशन अन्तर्गत विभिन्न रसायन, किटानशक औषधी तथा माछामा प्रयोग गरिने फर्मालाईन नामक औषधी भन्ने बुझिन्छ । यस्ता मिसावटको प्रयोग खानामा अधिक भएमा यसले स्वास्थ्यलाई गभीर समस्या पुर्‍याउन सक्छ ।

यस हिसाबले कुनै व्यक्तिको शरीरमा कुनै तत्वले असर पार्न त सक्दछ । तर यो कुरा सबैमा लागु नहुने भएकाले यस कुरालाई भने विशेष मनन गर्न समेत उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला