१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई प्राइभेट जागिरमा हुनुहुन्छ ? त्यसो हो भने यी कुराहरु ख्याल राख्नुहोस्

५ असार २०७५, मंगलवार १२:१३

जीवन चलाउनु छ, केही गर्नु छ, केही बन्नु छ, केही कुरामा आफैंलाई जाँच्नु छ । हरेक अवस्थामा विकल्प बन्नसक्छ जागिर । आम मानिसको मानसिकता, सपना, लक्ष्य अनि बाध्यता पनि हो जागिर ।

जब कुनै जागिरमा प्रवेश गर्ने विचार गरिन्छ, सर्वप्रथम पैसाकै सवाल उठ्छ, सोधिन्छ- पैसा कति हुन्छ ? पहिलो जागिरपछिको तलब हात पर्दा जति खुसी भइन्छ त्यो अकल्पनीय हुन्छ । अनि कुनै सोचविचार नै नगरी पैसा खर्च गर्नसमेत पछि परिँदैन । त्यसरी पैसा खर्च गर्नु ठीक छ कि छैन भन्ने कुराको हेक्का राखिँदैन ।

अविवाहित हो भने त हरेकपटक तलब आएपछि साथीभाइसँग जमघट, घुमघाम, मोजमस्ती । पैसा सकिन के बेर, तर विन्दास बन्छ जीवन । ठानिन्छ, सधैं यसरी नै चल्छ समय ।

प्राइभेट जागिर छ भने यस्तो हिसाबले अघि बढ्दा जीवनमा थुप्रै समस्या देखा पर्न सक्छन् । पैसा जतिसुकै बढी भए पनि त्यो दियो नहुन सक्छ । कतिखेर जागिरबाट हात धुनुपर्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । कम्पनीले अचानक निष्कासन पत्र थमाइदिन पनि सक्छ । यस्तो नहुन पनि सक्छ तर सचेत रहँदा के बिग्रन्छ र ? त्यसका लागि केही कुरामा ध्यान दिनु आवश्यक छ जसले भविष्य सुरक्षित राख्न मद्दत गर्छ । दुःखको समयमा भरोसा मिल्छ ।

ब्याकअप वा जगेडा कोष

जागिर गइहाल्यो भने के गर्ने ? अर्को जागिर खोज्न कति समय लाग्ला ? विशेषज्ञहरूको भनाइमा नयाँ जागिर खोज्न औसत ४ देखि ६ महिना लाग्छ । यो विश्वव्यापी मान्यता भए पनि नेपालको सन्दर्भमा पनि धेरै हदसम्म मिल्छ । तसर्थ सदैव ४ देखि छ महिनाको तलब बराबरको रकम ब्याकअप वा जगेडा कोषमा राख्नुपर्छ । यसका लागि एउटा बैंकमा खाता खोल्ने, सामान्य अवस्थामा त्यसबाट पैसा नझिक्ने वा त्यहाँ पैसा छ भन्ने कुरा नै बिर्सिदिने, केवल समय-समयमा नियमित जम्मा गर्ने काम मात्र गर्नुपर्छ । यति समयजतिको वा सकिन्छ भने अलिक बढी पैसा बचत गर्न सके जागिर गइहालेछ भने पनि खासै समस्या बेहोर्नुपर्दैन ।

पारिवारिक व्यवस्थापन कोष

जागिर गइहालेको अवस्थामा अनेकौं चिन्ता आइलाग्नसक्छन् । परिवार कसरी चलाउने, बालबालिकाको स्कुल फी अनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने किसिमको प्रश्न खडा हुनसक्छ । यस कुरालाई विचार गरेर केही रकम सर्ट टर्म पोलिसीमा कहीँकतै लगानी गर्नु बुद्धिमानी हुन्छ । यसो गर्दा आपत् परिहालेको दण्डमा उक्त रकम निकालेर निर्धक्क खर्च गर्न सकिन्छ ।

मेडिकल इन्स्योरेन्स

यो अवधारणा नेपालको सन्दर्भमा नौलो लाग्न सकिन्छ किनभने हामीमध्ये धेरैमा इन्स्योरेन्सका विषयमा वास्तविक ज्ञानको अभाव छ । हिजोआज भने बिस्तारै मेडिकल इन्स्योरेन्स गर्ने प्रचलन बढिरहेको छ । यो निकै राम्रो उपाय हो । यसबाट आफू वा परिवारका सदस्य गम्भीर बिरामी परेको अवस्थामा ठूलो सहयोग मिल्छ, राम्रो अस्पतालमा उपचार गराउन सकिन्छ । यसका लागि खुलेका इन्स्योरेन्स कम्पनी तथा तिनका एजेन्टहरूबाट आवश्यक जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का