२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महत्व नबुझ्दा डाइटिसियनहरु निरुत्साहित हुँदै, को हो डाइटिसियन ?

६ पुष २०७५, शुक्रबार १०:१५

प्रसिद्द गृस फिजिसियन हिप्पोक्रेट्सद्वारा उद्दत भनाइनै छ कि खाना हाम्रो औषधि हो र हाम्रो औषधि भनेकै हाम्रो खाना हो । तसर्थ यस कुरालाइ मनन गर्ने हो भने  हाम्रो जिबनका लागि चाहिने अति आवस्यक तत्व भनेकै हाम्रो खाना हो अर्थात सन्तुलित पोषण हो।

बिरामीको स्वास्थ्य स्थिति जाँच गर्नेलाई डाक्टर भने जस्तै खानपानको परामर्श, लेखाजोखा तथा पोषण स्थिति जाँच गर्ने ब्यक्तिलाई डाइटिसियन भनिन्छ । हाम्रो समाज कुपोषण, मोटोपन र विभिन्न रोगले ग्रसित छ र यसलाई न्युनिकरण गर्न डाइटिसियनको आवस्यकता पर्दछ भन्ने कुरा नेपाल सरकारको उच्चस्तरमा योजना बनाउने विशिष्ट ब्यक्तिहरुलाइ उद्दत गराउन जरुरी देखिन्छ ।

इरिस न्युटि्सन डाइटेटिक ईन्स्टिच्युट अनुसार डाइटिसियन भन्नाले एक सक्षम स्वास्थयकर्मी वा बिद हुन जसले पोषण स्थिति सम्बन्धि समस्यालाई परिक्षण, निदान एबम उपचार ब्यक्ति देखि जनमानसको स्वास्थ्य स्थरसम्म सेवा प्रदान गर्दछ। डाइटिसियनहरुले खाना, रोग र स्वास्थ्य सम्बन्धि बैज्ञानिक अनुसन्धानमा दैनिकरुपमा सक्रिय हुँदै यसलाई ब्याबाहरिक जिबनमा उपयोगी बनाउनुका साथै मानिसका लागि उपयुक्त जीवनशैली र खानाको छनोटहरु गराउन मदत पुर्याउदै आएका छन । 

"डाइटिसियनको इतिहास"

पयुक्त खाद्य भन्डारण एबम पोषण मूल्याकंन  सम्बन्धी समजमुखी ब्याबहरिक ज्ञान प्रदान गरेको पाइन्छ। पोषण  तथा आहारको बिज्ञान फैलिदै गरेपछि डाइटिसियनहरुको आवश्यकता मेडिकल प्रोफेसनल टिमलाई मह्सुस लागेको हुनाले  आहिले हरेक मेडिकल टिमले डाइटिसियनहरुलाइ बिरामीको पोषण अवस्था बारे बुज्ने गरेको टिचिङ अस्पतालका सिनियर  डाइटिसियन नानिशोभा शाक्य बताउनु हुन्छ । 

"डाइटिसियनको भुमिका"

क. डाइटिसियनद्वारा बिरामीको स्वास्थ्य स्थिति अनुरुप उचित पोषण पर्याप्त हुनेगरी मेनु डिजाइन गर्दछन ।

ख. प्रत्येक ब्यक्तिको शरिरलाइ आवस्यकपर्ने क्यालोरीलाई उचित खाद्यय छनोट गराइ पोषण सम्बन्धि  परामर्श सेवा दिनु। 

ग. डाइटिसियनहरुको अझ महत्त्व भबिस्यमा आइपर्ने मोटोपन र कुपोषणको माहामरीलाई निर्मुल पार्नु र शैक्षिक ज्ञानलाई जनमानसको ब्याबाहारमा ल्याउन प्रोत्साहन गर्न भुमिका देखिन्छ।              घ. असल खानपानको मुलमन्त्रलाई   सामाजिक शिक्षा अन्तर्गत विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्नु ।

ङ. हेल्दि इटिङको लागि महत्त्वपूर्ण  टिप्स दिनु । 

च. शारिरिक तौल नियन्त्रण गर्न मद्दत गर्न ।

"डाइटिसियनको तलब" 

२०१६ को अमेरिकन ब्युरो अफ लेबर स्टाटिस्टिक अनुसार एकडाइटिसियनको बार्षिक तलब रकम $५८,९२० तोकिएको देखिन्छ । हाल नेपालमा भने डाइटिसियनहरुको सरकारि क्षेत्रमा उचित दरबन्दी नहुँदा यति तलब हुनुपर्छ भन्ने छैन । तर देशमा संचालित विभिन्न अस्पतालमा डाइटिसियनहरुको योग्यता अनुरुप १५ हजार देखि १ लाख सम्म दिएको पाइन्छ । लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा छैठौ तह देखि ९ वौ तहसम्म डाइटिसियन एवम् पोषणबिध राष्ट्रिय योजना आयोगको राजपत्रमा उल्लेखित भएको पाइए पनि उचित ब्यबस्थापन नहुदा यस क्षेत्रमा काम गर्ने योग्य तथा दक्ष क्षमता भएका डाइटिसियनहरु निरुत्साहित हुँदै गएको र यसमा मोह घट्दै जान सक्ने प्रबल सम्भावना देखिन्छ । 

- डाइटिसियन बिपिन कार्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य