महिलाले चाहे घरलाई स्वर्ग बनाउन सक्छन् र उनीहरूले चाहेमा घरलाई नर्कमा परिणत गरिदिन पनि सक्छन् । विवाहपछि पुरुषको भाग्य महिलाको हातमा अडिएको हुन्छ । यसकारण जुन वैवाहिक सम्बन्धमा स्थिरताको अभाव हुन्छ त्यसमा थुप्रै किसिमका समस्याहरू हुन्छन् । अस्थिरताको कारण कतिपय अवस्थामा पुरुष हुन्छन् भने कतिपय अवस्थामा पुरुष हुन्छन् भने कतिपय अवस्थामा महिलाहरू हुने गर्छन् अर्थात् वैवाहिक सम्बन्ध बिग्रनु वा अन्त्य हुनुमा महिलापुरुष दुवैको उत्तिकै दोष हुन्छ ।
महिलाको सन्दर्भमा कुरा गर्दा त्यस्ता केही आधारभूत कुरा छन् जसअनुसार महिलाले वैवाहिक सम्बन्ध अन्त्य गराउन सक्छन् । यहाँ पुरुष पक्षको कुरा गरिएको छैन, महिलाबाट हुने केही त्यास्त गल्तीको उल्लेख गरिएको छ जसका कारण वैवाहिक सम्बन्ध अन्त्य हुन्छ वा अन्त्य हुने विन्दुमा पुग्छ ।
विशेष गरी विवाहपछि श्रीमतीलाई दुई प्रकारको अपेक्षा हुन्छ- एउटा तार्किक एवं यथार्थपरक अनि अर्कोचाहिँ तर्कहीन एवं अस्वाभाविक । श्रीमतीमा अस्वाभाविक एवं अवास्तविक अपेक्षा छ भने त्यसले वैवाहिक सम्बन्धलाई अन्त्यतर्फ उक्मुख गराउँछ ।
कुनै पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन, हरेकका सीमा हुन्छन् । कुनै एक व्यक्तिबाट पूर्णताको अपेक्षा गर्नु वा अस्वाभाविक अपेक्षा गर्नु र उसले त्यो पूरा गर्न सकेन भनेर गुनासो गर्नुले वैवाहिक सम्बन्धलाई खतरनाक मोडमा पुर्याइदिन्छ जहाँ जुनसकै समयमा दुर्घटना हुनसक्छ । श्रीमान्ले आफ्नो अपेक्षा पूरा गरेन भनेर रिसाउनुको साटो सँगै बसेर छलफल गरी त्यो पूरा गर्न सकिने खालको हो वा होइन भन्ने निक्र्यौल गर्नुपर्छ । अनि त्यसलाई पूरा गर्न कसरी सकिन्छ भन्नेतर्फ आइडिया सेयर गर्नुपर्छ । साथै त्यो उडन्ते खालको होइन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ । अस्वाभाविक अपेक्षा गरिएको खण्डमा वैवाहिक जीवन ध्वस्त हुनु स्वाभाविक हो ।
श्रीमान्ले आफूलाई हरेक समय खुसी राखोस् भनेर अपेक्षा राख्नु पनि मूर्खता सिवाय केही होइन, किनभने खुसी अरूले दिने नभई आफैंभित्र खोजिने कुरा हो । जबसम्म आफू खुसी हुन सकिँदैन, अरू कसैले पनि खुसी तुल्याउन सक्दैन । श्रीमान्बाट अनन्त खुसीको कामना गर्नु भनेको श्रीमान्लाई असफलताको बाटोमा धकेल्नु हो, आफूलाई निराशाको मार्गमा डोर्याउनु हो ।
श्रीमान्लाई चोट पुर्याउने उद्देश्यले व्यङ्ग्य गर्नु, नकारात्मक टिप्पणी गर्नु वा हरहमेशा निचो देखाउने गर्नाले वैवाहिक सम्बन्ध धरापमा पर्छ । यस्तो गर्नाले श्रीमान्लाई आफू अपमानित भएको महसुस हुन्छ र श्रीमतीले आफ्नो विचारको सम्मान गर्दिनन् भन्ने पर्छ । अनि श्रीमान् श्रीमतीको वैकल्पिक सम्बन्ध खोज्न थाल्छन् । आप\mनो स्वाभिमानमा पुर्याएको चोटबाट पीडित पुरुषले श्रीमतीप्रति कहिल्यै पनि राम्रो धारणा बनाउन सक्दैनन् । यस्तो सम्बन्ध ढिलोचाँडो विच्छेद हुन्छ ।
आफ्नो अनुहारको भावभंगिमाबाट श्रीमान्प्रति अनादर दर्शाउनु हुँदैन । श्रीमान्प्रति कुनै गुनासो भए त्यो कुरा सीधा रूपले भन्नुपर्छ, व्यवहारमा घृणा देखाएर तथा अनादर गरेर सम्बन्धको गाडी अघि बढाउन सम्भव हुँदैन । आपसी समस्यालाई छलफलका माध्यमबाट समाधान गर्नु समझदारीको मार्ग हो, बुद्धिमत्तापूर्ण कार्य हो । सजिलै समाधान हुनसक्ने समस्यालाई जटिल बनाउनु तथा परिस्थितिको विचारै नगरी सदैव आकर्षणको केन्द्र बनिरहने प्रयास गर्नुले सम्बन्ध बिगार्ने बाहेक केही गर्दैन ।
कतिपय अवस्थामा श्रीमतीले अन्तरंग सम्बन्ध कायम राख्न असहमति जनाउँदा पनि सम्बन्धमा खलल पुग्नसक्छ । श्रीमान्लाई तड्पाउने उद्देश्यले अथवा समस्या परेका बाहेक अन्य कारणले यौनसम्बन्ध नगाँस्दा श्रीमान्मा छटपटी पैदा हुन्छ । उसको पुरुष अहंमा चोट पुग्छ, यौनेच्छा पूरा नहुँदा विकल्पको खोजी गर्न थाल्छ । फलतः सम्बन्ध अन्त्यतर्फ उन्मुख हुन्छ ।
श्रीमतीले श्रीमान्को यौनइच्छा पूरा गर्न सहयोग नगरेको अवस्थामा उसलाई श्रीमतीले आफ्नो इच्छाको सम्मान नगरेको भान हुन थाल्छ । फलस्वरूप श्रीमान् पनि श्रीमतीबाट टाढिन थाल्छ र अन्तमा वैवाहिक सम्बन्ध नै सकिन्छ ।
श्रीमतीले आफू श्रीमान्सँग खुसी हुन नसकेको कुरा हरेक दिन, हरेक पल व्यवहारमा प्रदर्शित गर्न थालेको खण्डमा वैवाहिक सम्बन्ध सकिएको मान्दा हुन्छ । श्रीमान्सँग खुसी हुन नसकेकोमा उसमाथि सारा दोष थोपरेर आफूचाहिँ सर्वगुण सम्पन्न एवं दोषरहित छु भन्ने खालको व्यवहार श्रीमतीले देखाउन थालेपछि वैवाहिक सम्बन्ध विच्छेद हुनबाट कसैले रोक्न सक्दैन । आफ्ना सम्पूर्ण समस्याको जड श्रीमान्लाई मान्ने श्रीमतीको बानीले सम्बन्ध जोगिन सक्दैन ।