२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो छ

२०७६, ९ आश्विन बिहीबार ०८:०६

एजेन्सी | मानिसले जब बिवाह गर्दछ त्यसपछि मोटाउ छन् भन्ने गरिन्छ | बिवाह अगाडी पातलो देखिने युवतीहरु बिवाह पछि मोटाएको देखिन्छन | किन यस्तो हुन्छ सबैलाई चासोको बिषय हुन सक्छ | यस बिषयमा थेरै अध्ययन तथा अनुसन्धान भएका पाइन्छन | 

फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अन्तर्राष्टिय अनुसन्धानका अनुसार विवाहगरे पछि धेरै महिला मोटाउछन | यस्तै एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ बर्ष करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । बिहे पछि तौल बढ्नु अर्थात मोटाउनुका कारणहरु यस्ता छन् |

१. हर्मोनल चेन्ज : अध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।

२. निन्द्रा नपुग्नु : विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

३. तनाव : विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।

४. सोचमा परिवर्तन : मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५. उमेरको असर : आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।

६. दैनिकीमा परिवर्तनःएक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन