हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी कुराहरुलाइ ख्याल गर्नुस्, तपाईंका सबै सपनाहरु पूरा हुनेछन्

२०७३, ५ श्रावण बुधबार ०७:३८

हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद्दत गर्छ ।

 -जिन्दगी निकै लामो छ । त्यसैले निरन्तर अघि बढ्नुहोस् । नयाँ-नयाँ अनुभवहरु हासिल हुनेछन् । जीवनमा धेरै कुरा गर्ने मौका मिल्नेछ ।

-सबैभन्दा पहिले परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । समय कहिल्यै उस्तै रहँदैन, यो त परिवर्तनशील हुन्छ । हामीले परिवर्तनलाई स्वीकारौँ वा नस्वीकारौँ परिवर्तन आफ्नै गतिमा जारी रहन्छ । त्यसैले समयसँगै आफूलाई पनि परिवर्तित गर्दै लैजानुहोस् ।

- अघि बढ्नुको सबैभन्दा सुन्दर पक्ष भनेको तपाईंको सोच सकारात्मक रहन्छ । नयाँ चुनौतीहरुलाई सफलतापूर्वक सामना गरेपछि तपाईंको सोच बदलिन्छ । नयाँ-नयाँ अनुभव हासिल हुन्छन् । अनि अघि बढ्न झनै सहज हुनेछ । तपाईं नरोकिनुस्, सुन्दर मौकाले तपाईंको प्रतिक्षा गरिरहेको छ । यसका लागि तपाईं आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनै पर्छ ।

-प्राय मानिसमा देखिने साझा समस्या भनेको मानिस आफ्नो कम्फर्ट जोन (जोखिमरहित क्षेत्र)बाट अघि बढ्नै खोज्दैन । मानौं एउटा व्यापारी जसले १० लाख लगानीमा परिवार पाल्ने गरी आम्दानी गरिरहेको छ । आवश्यकताहरु परिपूर्ति भएका छन् । अब उसले सोच्छ कि यो त मेरो कम्फर्ट जोन हो, थप लगानी गरेर आफूलाई किन जोखिममा राख्ने । त्यसपछि जिन्दगीभर उसले त्यसैलाई निरन्तरता दिन्छ । जसका कारण सम्भावित ठूला सफलताहरुबाट ऊ बञ्चित हुन्छ । त्यसैले आफ्नो कम्फर्ट जोनबाट पनि अघि बढ्ने साहस गर्नुहोस् ।

- बितेको कुरालाई हामीले चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ । जे हुनु भइसक्यो । अब यसबारे सोचिरहेर पनि तपाईंलाई कुनै फाइदा छैन । त्यसैले हिजोबाट शिक्षा लिनुस् अनि भोलिलाई सुन्दर बनाउने अठोट गर्नुहोस् । सुन्दर भविष्यले पीडादायी विगतलाई अवश्य भुलाउनेछ । एजेन्सी ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से