साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

मेहन्दी लगाउनु पहिले यो जानकारी अवश्य पढ्नुहोस

२०७३, ७ श्रावण शुक्रबार ११:०९

साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव स्वरूप हामीले अहिले साउन महिनामा महिलाहरुले व्यापक रुपमा मेहन्दी लगाउने गरेको देख्न सक्छौं | आज तपाईलाई हामी मेहन्दी लगाउँदा अपनाउनुपर्ने साबधानी र सुरक्षित तरिकाले मेहन्दी लगाउनेबारे केहि जानकारी दिन गएका छौं: 

१. सबैभन्दा पहिले, मेहन्दी लगाउनु अघि आफ्नो हात राम्ररि  धुनुहोस् |  

२. मेहन्दी लगाएपछि, मेहंदी कम्तिमा ४ देखि ५ घण्टासम्म रहन दिनुहोस् | मेहंदी रातमा लगाउँदा अझै राम्रो हुन्छ, राम्ररी बस्छ |

३. मेहंदी डिजाइन गरेपछि त्यसलाई धुनुभन्दा पनि पहिले खुर्केर हटाउनुस | साथै हटाएपछि लगभग २४ घण्टासम्म पानी नपार्नुस् | 

४. मेहंदी हटाएपछि त्यसलाई सर्सियुंको तेल वा तिलको तेल पनि लगाउन सक्नुहुन्छ, तेल लगाउँदा मेहन्दीको चमकता बढी देखिन्छ | 

५. चीनी र कागती पानी लगाउने जरुरी छैन, यसले मेहन्दी लगाउने क्रममा खासै भूमिका खेल्दैन |

६. यदी मेहन्दी बसेको छैन बहने भिजेको चुन दल्नुहोस | तर पानी भने हाल्नुहुँदैन | 

कस्तो मेहन्दी खतरनाक ?

- मेहन्दी लगाउनु अघि नै तपाइले उक्त मेहन्दी थोरै आफ्नो हातमा लगाउनुस र केहि बेरमा धुनूस् | यदी मेहन्दीको रंग एकदमै गाढा छ भने सम्झनुस  त्यसमा मिलावट छ, त्यसमा केमिकल छ | शुद्ध मेहन्दीको घोल गाढा हरियो रंगको हुन्छ |   मिलावटि मेहन्दीको घोल गाढा हरियोबाट कालो हुँदै जान्छ | 

- मेहंदी तब राम्ररी लाग्छ जब मेहंदीको घोलको रंग निकै गाढा हुन्छ, यदी रंग गाढा छैन भने उक्त मेहन्दी राम्रो छैन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से