२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्थ रहनका लागि के गर्ने, के नगर्ने ? यस्ता छन् ‘हेल्थ टिप्स’

११ बैशाख २०७९, आईतवार ०८:४७

वैशाख ११, काठमाडौँ । सन्तुलित जीवनशैली स्वस्थ्य जीवनको प्रमुख आवश्यकता हो । सामान्यतया स्वस्थ मनको लागि स्वस्थ शरीर नै अनिवार्य हुन्छ । यो भनाई पुरानो हो तर शाश्वत सत्य पनि हो । स्वस्थ्य हुन अथवा स्वस्थ्य रहनु आम मानिसको चाहना हुन्छ । हाम्रो जीवनलाई चलाउन नियम बनाउन आवश्यक हुन्छ । हामी जे गर्दा पनि यदि केही नियमहरू पालना गर्दछौं भने हामी आफैंलाई बढी सजिलै फिट राख्न सक्छौं । यसका लागि निम्न कुराहरु अपनाउन आवश्यक छ ।

दैनिक व्यायाम गर्नुहोस्

शरीर स्वस्थ राख्न खानपान स्वस्थ हुन जति आवश्यक छ, त्यति नै नियमित व्यायामको पनि आवश्यक हुन्छ । व्यायामले शरीरका सबै अंगलाई मजबुत गराउँछ । यसबाट रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । स्वस्थ मुटु र चिन्ताबाट मुक्तिका लागि व्यायामको ठूलो महत्व छ, शरीरको तौल नियन्त्रण गर्न मांसपेशी तथा हड्डीको मजबुतीका लागि पनि यो आवश्यक छ । नियमित व्यायामले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

हिँड्दा सामान्यतया हामी १ मिनेटमा ४० देखि ५० कदम चाल्ने गर्छाैं । तर दौडने क्रममा हाम्रो कदम ८० कदमसम्म पुग्न सक्छ । बिहानै उठेर १० हजार पाइला हिँडेमा खाएको खाना पचाउन मद्दत पुग्छ । कमसेकम आधा घण्टादेखि एक घण्टा व्यायाम गर्नुपर्छ । चिकित्सकहरूका अनुसार हप्तामा ५ दिन कार्डियो एक्सरसाइज गर्ने हो भने यसले शरीरलाई फिट राख्न मद्धत गर्छ । एक्सरसाइज सुरु गर्नुभन्दा पहिले ५ मिनेट वार्मअप गर्न सकिन्छ र सकिएपछि ५ मिनेटमा यो सम्पन्न गर्न सकिन्छ । नियमित व्यायामले मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न दिदैन साथै क्यान्सर हुने खतरा समेत कम हुन्छ । यस्तै अनिद्रा जस्ता समस्या समाधान गर्न पनि यो उपयोगी छ ।

व्यायामपछि खानुहोस् यस्तो खानपान

व्यायाम गरेपछि सोही अनुसार खानामा ध्यान दिन सक्नु पर्छ । व्यायामका साथसाथै आवश्यक पोषणको मात्रा मिलाएर खानुपर्छ । व्यायामपछि केरा, दूध, माछा, मासु, ओटमिल, सलादका वा ‘प्रोटिन सप्लिमेन्ट’को प्रयोग गर्न सकिन्छ । प्रोटिन सप्लिमेन्टको प्रयोग गर्नु अगाडि फिटनेसविज्ञ तथा त्यो सम्बन्धी ज्ञान भएका व्यक्तिसँग परामर्श लिनुपर्छ । व्यायाम सकिएको १० मिनेटपछि २०–२५ ग्राम प्रोटिन र ३०–३५ ग्राम कार्बोहाइड्रेट खानु पर्छ । व्यायाम र खाना खाने समय ४५ मिनेटदेखि १ घन्टाको अन्तर हुनुपर्छ ।

सास फेर्न सिक्नुहोस्

दैनिक आधा घण्टा योग गर्नुहोस् । आसन, ध्यान, गहिरो सास र अनुलोम÷विलोमको रुपमा यसलाई समावेश गर्नुहोस् । बिहान १०–१५ मिनेट गहिरो सास फेर्दा यसले शरीरको श्वासप्रश्वासमा हुने समस्यालाई ७० प्रतिशतसम्म समाधान गर्न सक्छ । बिहान र साँझ १०–१० मिनेटका लागि ध्यान गर्नुहोस् । यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र रक्तचापलाई पनि नियन्त्रण गर्छ । यस्तै उपवास पनि बस्ने गर्नुहोस् । हप्तामा एक पटक उपवास बस्नाले पाचन प्रणालीलाई आराम मिल्दछ र बोसोको मात्रा कम हुन्छ । यस प्रक्रियामा शरीरमा उपस्थित विषाक्त पदार्थ बाहिर निक्लन्छ ।

अपनाउन सकिन्छ ‘८० को सूत्र’

पेटको चौडाइ, मुटुको धड्कन, खराब कोलेस्ट्रोल, खाली पेटमा चिनी खानु र न्युन रक्तचाप ८० भन्दा कम राख्नुहोस् । दैनिक ८० पटक ताली बजाउनुहोस् र दैनिक ८० पटक हाँस्नुहोस् । दैनिक ८० एमएलभन्दा धेरै मदिरा नपिउनुहोस्, दुई हप्तामा ८० ग्रामभन्दा धेरै नुन नखानुहोस्, हप्तामा ८० मिनेट एरोबिक्स र ८० मिनेट स्ट्रेचिङ एक्सरसाइज अनिवार्य गर्नु राम्रो हुन्छ । यसैलाई नै ८० को सूत्र नामले समेत चिनाउने गरिन्छ ।

जीवनमा शक्ति आर्जन गर्नका लागि कम वजन

– दैनिक ५०० क्यालोरी खपतको लक्ष्य राख्नुहोस् तर कम खाएर त्यो लक्ष्य लिनु उपयुक्त हुँदैन । यसको लागि खानाबाट २५० र अभ्यासबाट २५० ग्राम क्यालोरी घटाउनुहोस् ।

–वजन कम गर्ने समयमा ६० प्रतिशत कार्डियो र ४० प्रतिशत स्ट्रेथनिङ एक्सरसाइजको सन्तुलन राख्नुपर्छ । कार्डियोका लागि एरोबिक्स, पौडी खेल्ने, साइक्लिङ आदिको लागि छिटो हिँड्नुहोस् ।

–महिनाभरिमा २ किलोग्रामभन्दा धेरै तौल घटाउने लक्ष्य नराख्नुहोस् । यदि तपाईंले धेरै छिटो तौल घटाउनु भयो भने फेरि निश्चित समयपछि तौल बढ्ने सम्भावना हुन्छ । किनकि अधिक खानाले मेटाबोलिजम कम गर्छ ।

रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुहोस्

तपाईंको तल्लो रक्तचापको मात्रालाई ८० एमएमएचजी भन्दा कम राख्नुहोस् । यदि तपाईंको तल्लो रक्तचापको मात्रा सो विन्दुभन्दा बढी छ भने चिकित्सककहाँ जचाउन जानुपर्छ । वीएल डिएल र एलडिएलको मात्रा बढेमा कम गर्नु पर्दछ । यसका लागि मनतातो पानी सेवन गर्ने भोजनमा मेथीदाना, दालचिनी र लसुनको मात्रा बढाउनु पर्छ । अर्जुन छालको चूर्णबाट बनेको चियाको प्रयोग गर्नुहोस् ।

स्वस्थ खानाको आवश्यकता

–हरिया तरकारीहरू, सूर्यमुखी बीउहरू, फ्लेक्स बीउहरू आदि खानुहोस् । तिनीहरूमा फोलिक एसिड हुन्छ, जसले कोलेस्ट्रोलको स्तर कायम राख्न मद्दत गर्छ – दिनमा ५ र ६ पटक थोरै थोरै खाना खाने बानी बसाल्नुहोस् । मुटु र कलेजोलाई फिट राख्न त्यस्ता चीजहरू खानु जरुरी हुन्छ । जुन खानामा पर्याप्त मात्रामा फाइबर पाइन्छ त्यस्तो खाना जस्तै गहुँ लगायतको खाना, दलिया, नरिवल जस्ता खानेकुरामा हुने कोलेस्ट्रोलले शरीरमा कोलेस्ट्रोलको समस्यालाई समाधान गराउँछ ।

मैदा र चिनी खतरनाक

–चीनी एक प्राकृतिक खाद्यपदार्थ हो । तर यसलाई धेरै प्रकारका रसायनद्वारा सफा गरिएको हुन्छ । यसले धेरै प्रकारका एलर्जी र छालाको विकार बढाउँछ ।

–ट्रान्स फ्याट स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । ट्रान्स फ्याट बनाउँदा प्रायः तेल तातो गरिन्छ वा तेललाई छिटो तताएर खाद्य वस्तु तयार पारिन्छ ।

–परिष्कृत कार्बोहाइड्रेट (सेतो चिनी, सेतो चामल र सेतो आटा) बोसोभन्दा धेरै हानिकारक हुन्छ । तपाईंको खानाबाट तिनीहरूलाई हटाउनु नै उपयुक्त हुन्छ । चिनीको सट्टा सखर, सेतो चामलको सट्टा खैरो चामल प्रयोग गर्न सकिन्छ ।

मनतातो पानी

खाना खानुभन्दा पहिले मनतातो पानी पिउनाले भोक शान्त हुन्छ र खानापछि मनतातो पानी पिउनाले खाना सजिलैसँग पच्दछ । मनतातो पानी पिउनाले शरीरमा अनावश्यक चिज जम्दैन । बिहान मनतातो पानीमा एउटा कागती निचोरेर पिउनाले मोटोपनग्रस्त व्यक्तिका लागि धेरै फाइदाजनक हुन्छ । जोर्नी दुख्ने, एसिडिटि वा गला खराव हुने व्यक्तिले कागती पानी पिउनु हुँदैन । यसले समस्या बढाउन सक्छ ।

सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनु पर्छ । खाना खाँदा भने पानी पिउनु हुँदैन । पानी पिउनै परेमा खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी