२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधुमेहका बिरामीले फलफूल खाने कि नखाने जानीराखाैं ?

२०७९, १२ बैशाख सोमबार ०६:३९

वैशाख १२, काठमाडाैं | मधुमेह वा डायबेटिज यस्तो रोग हो, जसलाई थोरै लापरवाही गर्दा पनि मुश्किल हुने गर्दछ । यो रोगका बिरामीका लागि सबैभन्दा खतरा खाना खाइसकेपछि जब ब्लडमा शुगरको मात्रा प्रभावित हुने गर्दछ तब धेरै खतरा रहन्छ ।

तर यसको खतरालाई कम गर्न सकिन्छ । यसको लागि तपाईंले जम्म १५ मिनेट छुट्याउनुपर्ने हुन्छ । मात्र तपाईंले खाना खाइसकेपछि १५ मिनेट हिँड्नु पर्दछ । एक अनुसन्धानले खाना खाने बित्तिकै १५ मिनेट हिँड्ने डायबिटिजका बिरामीमा शुगर बढ्ने खतरा कम हुन्छ ।

दिउँसोको खाना खाएपछि उत्पादन हुने इन्सुलिनको मात्रा दिनभरमा कम हुने गर्दछ । किनकि दिनमा धेरै हिँडडुल गर्नु पर्ने हुन्छ । तर रातको समयमा खाना खाएपछि हिँडडुल गरिँदैन र बसिरहँदा रगतमा ग्लुकोज बढ्ने सम्भावना धेरै रहन्छ ।

हिँडडुलको दौरान हाम्रो शरीरमा ग्लुकोजको खपत हुन्छ र यसले रगतमा शुगर बढाउने सम्भावना कम गर्दछ । यसले डायबिटिजका बिरामीका लागि शुगर नियन्त्रण राख्न मद्दत पुग्दछ ।

तर, कहिलेकांही सोधिन्छ- मधुमेहको समस्या भएका व्यक्तिहरु फलफूल खान त सक्छन् । तर, के उनीहरुले फलफूलको जुस पनि पिउनुहुन्छ ? यसको सरल जवाफ हो-हुँदैन । फलफलूलको जुसमा चिनीमात्र हुने भएकाले पनि यस्तो गर्नु हुँदैन । सुगर ब्यालेन्स गर्न त्यसमा फाइबर केही पनि हुँदैन । त्यसैले पनि मधुमेह भएका व्यक्तिहरुले जुस भन्दा फलफूलमा नै बढी जोड दिनुपर्छ ।

तर, केही फलफूल खाँदा पनि मात्रालाई ध्यान दिनुपर्छ । जस्तो कि अंगुर खाँदा एक मुठी अंगुरको आधाभन्दा धेरै खानु हुँदैन । त्यस्तै, तरबुजा पनि २ स्लाइसभन्दा धेरै खानु हुँदैन । आँप पनि मधुमेह भएका व्यक्तिहरुलाई ठिक हुँदैन । चिकित्सकहरु त दिनमा एक स्लाइसभन्दा धेरै आँप खान नहुने बताउँछन् ।

मधुमेह हुनेहरुले अर्को खानै नहुने फलफूल भनेको केरा हो । उनीहरुले केराको मात्रा अत्यन्त कम खानु पर्ने हुन्छ । दिनमा एउटा केराको आधा मात्र खाँदा उनीहरुलाई फाइदा हुन्छ ।

डायबिटिजका बिरामीहरुले फलफुल खाँदा धेरै सावधानी अपनाउनु पर्दछ । डायबिटिजका बिरामीले कुन फल कति मात्रामा खाने यस्तो भन्छ्न बिज्ञहरु :

१. धेरै पाकेको फलको तुलनामा कम पाकेको या काँचोमा सुगरको मात्रा कम हुन्छ । त्यसकारण धेरै पाकेको फल खाँदा विचार पुर्याउनुपर्छ । फलफूलको बोक्रामा फाइबरको मात्रा प्रचुर हुने भएकाले स्वादका लागि सबै फलका बोक्रा खानु राम्रो होइन ।

२. फललाई आफ्नो डाइटमा राख्नुपर्छ, राख्न आवश्यक पनि छ, तर सबै फल डायबिटिजका लागि स्वास्थ्यवद्र्धक हुँदैनन् । खरबुजा, आँप, कागती, चिकुजस्ता फल स्वास्थ्यका लागि निकै सहयोगी हुन्छन्, तर खाँदा मात्रामा ध्यान पुर्याउन निकै आवश्यक छैन ।

३. सुगरको मात्रा कम हुने फलफूलजस्तै नासपाती, आँप, अम्बाको सेवन गर्नुस् ।

४. फलको जुसभन्दा फल नै सेवन गर्न लाभलायक हुन्छ । त्यस्तै बजारमा पाइने डब्बामा प्याक गरिएका जुस बिल्कुलै नपिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना