विष्णु पुराण | मानिसको जीवनमा सुख भए स्वर्ग र दु:खनै दु:ख र कलह भए नर्क समान मान्ने गरिन्छ  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विष्णु पुराण | मानिसको जीवनमा सुख भए स्वर्ग र दु:खनै दु:ख र कलह भए नर्क समान मान्ने गरिन्छ 
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

कुनैपनि महिलासँग बिबाह गर्नुपहिले ध्यान दिनुस यी ४ कुरा, नत्र जीवनभर दु:ख पाइन्छ

२०७३, १६ भाद्र बिहीबार ०६:३३

विष्णु पुराण | मानिसको जीवनमा सुख भए स्वर्ग र दु:खनै दु:ख र कलह भए नर्क समान मान्ने गरिन्छ । कतिपय मानिसले भन्ने गरेका छन् कि जिउँदो छँदानै मानिस ले स्वर्ग वा नर्क भोग्ने गर्छ, मरेपछि त शुन्यता मात्र हो । 

साच्चै मानिसको जीवनमा हरेक दिनको सुखभोगले महत्व राख्छ जुन कुरा हाम्रो दैनिक व्यवहारसँग सम्बन्धित छ । मानिसको जीवनमा धार्मिक संस्कारको निकै महत्व राख्छ । संस्कारले भनेको सबै राम्रा कुरालाई मानिसले अंगाल्ने हो भने स्वर्ग यही संसारमै छ । धार्मिक संस्कारको सबैभन्दा महत्वपूर्ण संस्कार मध्ये एक संस्कार हो विवाह । सुखी वैवाहिक जीवनको लागि आवश्यकता पर्छ राम्रो जीवन साथी ।

बिबाहको लागि यस्ती युवती छान्न सहज भने पक्कै पनि छैन । एउटी पत्नी असल भएका त्यसको प्रभाव सिंगो समाजमा पर्छ भन्ने गरिन्छ । त्यस्तै धार्मीक बिष्णु पुराणमा स्त्री जातिको बारेमा धेरै कुराहरु स्पष्ट पारिएको छ । यो पुराणमा ४ यस्तो कुराको बारेमा बताइएको छ, जसको जाँच नगरी कुनैपनि युवती बिबाह गर्नु हुँदैन ।

तल ति ४ कुराहरुको बारेमा जानकारी लिनुहोस् ।

१. दुइपक्षको बीच कुनै नाता नहोस -

कुनैपनि व्यक्तिले त्यस्ता युवतीसँग बिबाह गर्नु हुँदैन जसको आमा बुबासँग केटापक्षको नजिकको कुनै नाता होस्  शास्त्रको अनुसार आपसी नाता वा एकै गोत्रमा विवाह गर्न हुँदैन । यसको कारण जेनेटिक रोग हुने संभावना हुन्छ । जुन युवतीको आमा/बुबाको पांच पुस्ता अघिसम्मको नाता छ भने त्यस्तो अवस्थामा बिबाह गर्नु हुँदैन । त्यसैले बिबाह गर्नु अघि आपसी नाता छ/छैन निकै ध्यान दिनु आवश्यक छ । 

२. खराब पुरुषसँग साथी बनाउनेवाली 

त्यस्ती युवती जसको खराव पुरुषसँग हिमचिम छ त्यस्ती महिलासँग भुलेर पनि बिबाह नगर्नुस । त्यस्ता खराब पुरुषसँग संगत भएकी युवतीहरुले बिबाहपछी सकारात्मक भएर परिवार सम्हाल्ने वा सहनशीलताको बिषयमा निकै कम्जोर हुन्छन जसको कारण परिवारमा बिभिन्न कलहको बातावरण पैदा भईनै रहन्छ । अर्को कुरा खराव पुरुषसँगको संगतमा रहेकी महिला बिबाह पछी पनि त्यस्तै बातावरण खोज्ने हुँदा उनीहरु बैबाहिक जिम्मेवारीमा सतर्क बन्दैनन् । बिबाहपछी पनि साथिसंगतको हिसावले ति युवतीले त्यस्ता पुरुषसँग संगत गर्न छाड्दिनन । दुष्ट पुरुषहरुले उनलाई आफ्नो स्वार्थमा फसाउने गर्छन । आजकल बैदेशिक रोजगारमा गएका आफ्नो श्रीमानले पठाएको पैसा यता श्रीमतीले अर्कैसँग लागेर उडाउने गरेको वा बिभिन्न परिवेशमा श्रीमान नै छाडेर अर्कैसँग भाग्ने गरेको खबर सुनिन्छ । 

३. खराव बोली भएकी 

भनिन्छ,  कि बचनमा नै साक्षात सरस्वतीको बास हुन्छ । जुन महिलाको मधुर बचन छैन, त्यस्ता युवतीले कसैलाई रिझाउन सक्दिनन । खराव वा कटु बचन बोल्ने महिलाको स्वभाव पनि उसको बोलिजस्तै असभ्य र खराब हुन्छ । यस्ता महिलाकै कारण दैनिक पारिवारिक वा छिमेकमा कलह पैदा हुन्छ । त्यसैलेपनि यस्ती स्त्रीसँग बिबाह नगरेकै राम्रो ।

४. अवेरेसम्म सुत्ने बानी भएकी 

निकै ढिलासम्म सुत्ने महिलाहरु स्वभावले निकै अल्छी मानिन्छ  बेलुका चाडै सुतेपनि काम नै नभएको अवस्थामा पनि बिहान सवेरै उठ्ने महिलाले परिवारलाई नै सकारात्मक प्रभाव पार्छन  सवेरै उठेर सबैलाई चिया वा पानी दिने उनको बानीले दिनभर उनीसंग परिवारको सकारात्मक चिन्तन पैदा हुन्छ । यसैको कारण परिवारमा उनको महत्व बढ्छ । ढिला सुत्ने महिला अल्छी हुने हुँदा सबैको नजरमा नकारात्मक बन्छन । त्यस्ता युवतीलाई परिवारले त्यति मायाँ पनि गर्दैनन् । अल्छी युवतीले घर पनि सफा राख्दैनन् । घरमा लक्ष्मीको कृपा बनाईराख्नको लागि सरसफाई निकै जरूरी हुन्छ । साथै अवेरसम्म सुत्ने महिलाहरु सारीरिक रुपमै निकै कम्जोर हुन्छन । बिहान अवेरसम्म सुत्दा दिनभर थकानको महशुश हुन्छ । अवेरसम्म सुत्ने महिलाहरुलाई कयौं रोग पनि लाग्न सक्छ । त्यसैले भुलेर पनि यस्ता स्वभाव भएकी युवतीसँग बिबाह नगर्नुस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा