डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसन्तुष्टि प्राप्त कसरी गर्ने ? जानी राखौ

१९ भाद्र २०७३, आईतवार ०९:४२

डा. सुमनराज ताम्राकार ।

उत्तेजना, प्लेटो, चरम सुख र रिजोलुसन गरी मानवीय यौनचक्रका चार चरण छन् । दम्पतीबीच वा यौनसाथीबीच आपसी असमझदारी, पाक्क्रीडासम्बन्धी अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिने आदि कारणले पटक–पटकको यौन असन्तुष्टि अर्थात् चरमसुखको अभावका कारण वैवाहिक जीवन नै धरापमा पर्न बेर लाग्दैन । 

मानसिक तथा शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरम सुख प्राप्त गर्न सक्दैनन् । मानिस सामाजिक प्राणी हो । दैनिक क्रियाकलाप एवं आफू वरपरको वातावरणको प्रभाव यौन जीवनमा पनि पर्छ । घरायसी, पेसागत तथा आर्थिक अवस्थाबले यौनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।

कतिपयमा भने शीघ्र स्खलन, यौन उत्तेजनाको कमी, नि:सन्तान, लिंगको बनावट आदिका कारणले चरम सुख प्राप्त गर्न गाह्रो हुनुका साथै यौन जीवन सफल पनि हुँदैन । यसका साथै गोप्यताको कमी, एकान्त वातावरणको अभाव, चिन्ता, तनाव, अनिच्छित गर्भ तथा यौनरोग लाग्ने आशंकाका कारण पनि यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ ।

विवाहइतर सम्बन्ध, अविवाहित अवस्थामै यौन सम्बन्ध आदिमा पनि यौनसन्तुष्टि प्राप्त गर्न गाह्रो हुन सक्छ । एकै खालको दैनिकी, दाम्पत्यबीचमा विश्वासको कमी, करकाप वा बाध्यतापछिको यौनसम्बन्ध, वैवाहिक बलात्कार एवं यौनहिंसाका कारणले पनि चरम सुख प्राप्त गर्न गाह्रो हुन्छ ।

कतिपय व्यक्ति सानै उमेरमा यौन हिंसा वा यौनजन्य अपराधबाट प्रताडित भैसकेको अवस्थामा पछि यौनसम्बन्ध नै राख्न नचाहने हुँदा यथेष्ट यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।

जीर्ण खालको स्वास्थ्य समस्याका साथै यौन उत्तेजनामा खलल पुग्ने खालको शारीरिक चोटका कारण यौन सन्तुष्टि प्राप्त गर्न समस्या हुनसक्छ । हालसालैको ठूलो शल्यक्रिया, कतिपय औषधि तथा अत्याधिक मद्यपान एवं लागूपदार्थको सेवनका कारण पनि यौन सम्बन्ध सफलतापूर्वक स्थापित गर्न नसक्ने भै चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ ।

महिनावारी भैरहँदा, योनिमार्गमा सुख्खापनको समस्या हुँदा, योनि संकुचन एवं पीडादायी यौनसम्पर्कका कारण पनि चरम सुख प्राप्त गर्न सकिँदैन । माथि उल्लेखित समस्याअनुसार नै समाधानका उपाय पहिल्याउनुपर्छ ।

मुख्य कुरा यौन साथीबीच आपसी संवाद, समझदारीका साथै पाक्क्रीडाको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय अवस्थामा शारीरिक अवस्था तथा स्वास्थ्य समस्यालाई विचार गरी यौनसन्तुष्टि प्राप्त गर्ने वैकल्पिक उपायहरू अपनाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा यौन साथीहरूले एक–अर्काको आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ ।

मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान नदिई यौनसम्पर्कका लागि सहज वातावरण बनाउनुपर्छ । यस क्रममा यौनांग वरिपरिको समस्या, पीडादायी यौन क्रिया, विवाहइतर यौनसम्बन्ध तथा वैवाहिक बलात्कारको पनि उचित समाधान गर्नुपर्छ । साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव