महिलाहरुको स्तनमा स्पर्श गर्दा यौन अनुभुति हुनु सामान्य हो । जसरी महिलाहरुमा यौन उत्तेजनाको लागि योनी संवेदनशील हुन्छ त्यसैगरि स्तनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिलाहरुको स्तनमा स्पर्श गर्दा यौन अनुभुति हुनु सामान्य हो । जसरी महिलाहरुमा यौन उत्तेजनाको लागि योनी संवेदनशील हुन्छ त्यसैगरि स्तनको "/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

स्तनको स्पर्शले महिलाहरुमा चरम यौन आनन्द किन हुन्छ ?

२०७३, १९ भाद्र आईतवार १०:५२

महिलाहरुको स्तनमा स्पर्श गर्दा यौन अनुभुति हुनु सामान्य हो । जसरी महिलाहरुमा यौन उत्तेजनाको लागि योनी संवेदनशील हुन्छ त्यसैगरि स्तनको टुप्पो पनि निकै संवेदनशील मानिन्छ ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यही संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् । 

यस्ता महिलाहरुलाई यौन सम्वन्ध नै आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।

यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ । -एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने