२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मृगौलाको पत्थरी, पिसाब संक्रमणको समस्या हटाउन मकैको जुँगा फाइदाजनक, जान्नुहोस् अन्य फाइदा

२५ श्रावण २०७९, बुधबार ०९:०७

काठमाडौँ | मनसुनमा मकै खानुको मजा बेग्लै हुन्छ । वर्षायाममा धेरै मानिसहरु मकै खान रुचाउँछन् । मकैको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर मकै जस्तै यसको जुँगा पनि खान सकिन्छ  । हो, सायद अनौठो लाग्दा तर मकैको जुँगा खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मकैको जुँगामा भिटामिन बी, भिटामिन सी, भिटामिन के, फाइबर, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । मकैको जुँगा खाँदा पिसाबको संक्रमणसमेत निको हुन्छ । मकैको जुँगा खाँदा हुने स्वास्थ्य लाभ बारे जानकारी लिऔँ ।


मकै जुँगाको लाभ

१. शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न 

शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । किनभने मकैको जुँगाले शरीरबाट बढी पानी र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसका साथै यसले मिर्गौलाको पत्थरी र हृदयाघातको जोखिमबाट पनि बचाउन मद्दत गर्छ ।

२. पिसाब संक्रमण निको पार्न 

पिसाब संक्रमण निको पार्न पनि मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । मकैको जुँगाले एन्टी इन्फ्लेमेटरी एजेन्टको रूपमा काम गर्छ, जसले पिसाबको संक्रमणलाई निको पार्न मद्दत गर्छ । यसबाहेक, यसले पिसाब पोल्ने र पिसाब नलीको सूजन निको पार्न  पनि मद्दत गर्दछ । त्यसैले मकैको जुँगाबाट बनेको चिया अवश्य खानुहोस् ।

३. मधुमेह नियन्त्रण गर्न 

मकैको जुँगा मधुमेह नियन्त्रण गर्न पनि निकै फाइदाजनक मानिन्छ । मकैको जुँगामा प्रचुर मात्रामा भिटामिन र मिनरल्स पाइने हुनाले यसले रगतमा इन्सुलिनको मात्रालाई नियन्त्रणमा राख्न मद्दत गर्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मकैको जुँगाबाट बनेको चिया खानुहोस् ।

४. तौल घटाउन 

तौल घटाउनका लागि मकैको जुँगा निकै फाइदाजनक मानिन्छ । मकैको जुँगाले शरीरबाट वाटर रिटेन्सन र विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै यसमा फाइबर पाइन्छ जसले पेटमा जमेको बोसो घटाउन मद्दत गर्छ । यसले तौल घटाउन मद्दत पनि गर्छ । त्यसैले मकैको जुँगाबाट बनेको चिया खाँदा विभिन्न फाइदा मिल्छ ।

५. रगत जन्म मद्दत गर्छ

मकैको जुँगामा हुने भिटामिन ‘के’ को अधिक मात्राको कारणले यसले रगत जन्मे क्षमता बढाउँछ। यसको कारण चोटपटक लाग्दा अत्यधिक रगत गुमाउनु पर्दैन।

६. रक्तचाप नियन्त्रण गर्छ

आजको समयमा धेरै मानिस उच्च रक्तचापबाट पीडित छन्। यस्ता मानिसले उच्च रक्तचाप कम गर्नको लागि मकैको जुँगाको चिया प्रयोग गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा