२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खसीको मासु : जसले नखाएकै बेस

२०७९, ३ आश्विन सोमबार ०६:५०

असोज ३, काठमाडौं | दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ ।

खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ । दशैंमा मासुको साथै अन्य प्रोटिनयुक्त खानेकुरा पनि खाइने भएकाले दैनिक ८० देखि १०० ग्राम मासु त्यो पनि कम चिल्लो र कम मसला राखेर पकाएर खाइयो भने यसले शरीरलाई फाइदा गर्छ ।


कुन भाग बढी पोसिलो ?

बोसो नभएको भागको मासु बढी पोसिलो हुन्छ । पेटको भित्री अंगको मासुमा धेरै बोसो हुने भएकाले त्यस बाहेकका खुट्टा र टाउकोको भाग पोसिलो हुने गर्छ । पोसिलो हुन्छ भनेर दिनमा तीन पटक नै खुसीको मासु खान भने हुँदैन । मात्रा मिलाएर मासुलाई उसिनेर वा थोरै तेल मसला राखेर पकाएर खाइयो भने मासुमा भएको पोषक तत्त्व प्राप्त गर्न सकिन्छ ।

ताजा मासु कसरी चिन्ने ?

खसीको मासु ताजा हो कि होइन भनेर पत्ता लगाउन त्यसको रंगबाट पत्ता लगाउन सकिन्छ । मासु ताजा भए त्यसको रंग रातो हुन्छ । रंग परिवर्तन भएर कालो–कालो भएको छ भने त्यो मासु ताजा नहुन सक्छ ।

रोगी वा कमजोर खसीको मासु पत्ता लगाउन पनि रंग ध्यान दिनुपर्छ । मासुको कलर रातो कलर छ भने त्यो रोगी वा कमजोर खसीको होइन, कलर परिवर्तन भएर खैरो वा कालो भएको छ भने त्यो खान योग्य भएन । औंलाले छुँदा त्यो कसिलो छ भने त्यो फ्रेस हो । छुँदा कसिलो छैन फ्याल्ल परको छ भने त्यो अस्वस्थ्यकर हुन सक्छ । सुँघ्दा मासुबाट दुर्गन्ध आएको छ भने त्यो पनि खान योग्य मासु होइन ।

यसरी हेरेर, छोएर र सुँघेर तीन तरिकाले रोगी वा कमजोर खसीको मासु पत्ता लगाउन सकिन्छ ।

कस्ता समस्या भएकाले खान हुँदैन ?

दीर्घरोगीले सकेसम्म खसीको मासु खानु हुँदैन । खसीको मासुमा धेरै फ्याट र प्रोटिन हुन्छ, जसले शरीरमा एसिड र शरीरलाई नचाहिने कोलेस्टेरोलको मात्रा बढाउँछ ।

मधुमेह, कोलेस्टेरोल, युरिक एसिड, उच्च रक्तचाप, मिर्गौलाको समस्या, पायल्स र फिस्टुला जस्ता समस्या भएका व्यक्तिले खसीको मासु खानु हुँदैन । साथै मोटोपन भएका व्यक्तिले पनि खसीको मासु नखाँदा राम्रो हुन्छ । यसमा क्यालोरी बढी हुने भएकाले मोटोपन झन् बढ्न सक्छ ।

कतिपय रोगमा खसीको मासु खानै हुँदैन भनिन्छ, किनकि खसीको मासुले रोगको जटिलतालाई झन् बढाइदिन सक्छ । रातो मासुमा प्युरिनको मात्रा बढी हुन्छ । युरिक एसिडको बिरामीले खसीको मासु खायो भने प्युरिनको गर्दा शरीरमा एसिडको मात्रा बढ्छ र थप समस्या हुन सक्छ ।

मुटुको रोग र उच्च रक्तचापमा

उच्च रक्तचापको बिरामीले आफ्नो कोलेस्टेरोल एकदमै ठिक लेबलमा राख्नुपर्छ । रातो मासुमा बोसोको मात्रा बढी भएकाले कोलेस्टेरोलको मात्रा बढ्छ । कोलेस्टेरोलको लेबल ठिक ठाउँमा भएन भने रक्तनलीमा बोसो जमेर रक्तसञ्चार राम्ररी नहुन सक्छ ।

रक्तसञ्चार राम्ररी भएन भने मुटुलाई प्रेसर पर्छ । मुटुलाई प्रेसर धेरै भएपछि रक्तचाप पनि बढ्ने भयो, त्यसैले मुटुको रोग र उच्च रक्तचाप भएकाले खसीको मासु नखानु नै उचित हुन्छ ।

मधुमेह, कोलेस्टेरोल र युरिक एसिड भएकाले के गर्ने ?

मधुमेह, कोलेस्टेरोल र युरिक एसिडको समस्या भएकाले पनि खसीको मासु खानुहुँदैन । किनकि खसीको मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ । मासुमा भएको बोसो रक्तनलीमा जमेर रक्तसञ्चारलाई प्रभाव पार्न सक्छ । रक्तसञ्चार राम्ररी हुन पाएन भने मुटुलाई प्रेसर पर्छ । मुटुलाई प्रेसर धेरै भएपछि रक्तचाप पनि बढ्छ ।

खसीको मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ, जसले गर्दा युरिक एसिडको बिरामीले पनि खानु हुँदैन । मिर्गौलाको काम प्रोटिनलाई छानेर शरीरलाई चाहिने र नचाहिने कुरा छुट्टाउने पनि हो । मिर्गौला फेल भएका व्यक्तिको मिर्गौलाले प्रोटिन छान्न नसक्ने भएकाले दैनिक सीमित मात्रामा मात्र प्रोटिन खानुपर्छ । त्यसैले मिर्गौलाको बिरामीले पनि खसीको मासु खानु हुँदैन ।

पायल्स फिस्टुलाको बिरामीले कब्जियत गराउने खानेकुरा खानु हुँदैन । खसीको मासुमा बोसो र प्रोटिन बढी भएकाले गर्दा यसले कब्जियत भएर दिसा गर्न समस्या हुन सक्छ । त्यसैले पायल्सको बिरामीलाई पनि मासु नखाने नै सल्लाह दिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला