२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने पाँच कारण यस्ता रहेछन

२९ भाद्र २०७३, बुधबार ०८:३३

आफ्नो पति हुँदाहुँदै कतिपय विवाहित महिलाहरुले परपुरुषसँग अवैध सम्बन्ध राख्ने गर्छन । कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । व्यक्तिगत रुपमा यसको कारण फरक(फरक हुनसक्छ । विभिन्न कारणहरुले गर्दा महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध राख्ने गर्छन । यी हुन् त ती पाँच कारणहरु । 

१. पैसाको चाहना: प्राय महिलाहरु खर्चको मामलामा पुरुषभन्दा केही अघि हुन्छन् । त्यसो त खर्च गर्नुपर्ने ठाउँहरु पनि महिलाका लाधेरै हुन्छ । स‌िंगारपटार, लुगाफाटो, गरगहना अनि विलाशितामा महिलाहरुको विशेष चाख पाइन्छ । साथीसंगीहरु ठाँटिएर हिँड्दा र विलाशी जीवन बिताउँदा स्वभाविक रुपमा उनीहरुलाई पनि लोभ्याउँछ । यस्तो अवस्थामा जब पतिले आफ्ना सानाभन्दा साना आकांक्षाहरु पनि पूरा गर्न सक्दैन, तब महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् ।

२. यौन समस्या: कतिपय पुरुषमा के पनि समस्या हुन्छ भने उनीहरु आफ्नो पत्नीलाई यौनसम्बन्धका दौरान पूर्ण सन्तुष्टि दिन सक्दैनन् । यसमध्ये केहीमा यौन समस्या हुने गरेको पाइन्छ भने केहीले पार्टनरको फिलिङ्सलाई ख्याल नराखी सम्बन्ध राख्छन् । यसले महिलालाई पूर्णसन्तुष्टि दिन सक्दैन । अनि उनीहरु परपुरुषप्रति आकर्षित हुन थाल्छन् ।

३. एक्लोपना: पुरुषहरु प्रायस् काममा व्यस्त हुने भएकाले घरबाहिर नै रहन्छन् । उनीहरुले पत्नीलाई पर्याप्त समय दिन सक्दैनन् । अझ हाम्रोजस्तो मुलुकमा त हजारौँ युवा विवाह गरेर विदेशिएका छन् । यस्तो अवस्थामा लामो समयसम्म उनीहरुबीच भेटघाटसमेत हुँदैन । यता पत्नीहरुलाई भने एक्लोपनाले सताउन थाल्छ । यौन चाहना पनि विस्तारै बढ्दै जान्छ । अनि नचाहेरै पनि उनीहरुमा विकल्पको सोच उत्पन्न हुन्छ । जसले उनीहरुलाई परपुरुषको जालमा पुर्‍याउँछ ।

४. पश्चिमी प्रभाव: पश्चिमी समाज हाम्रो तुलनामा निकै उदार छ । त्यहाँ विवाह र सम्बन्धविच्छेद निकै आमविषय हुन् । मन पर्दा सम्बन्ध जोड्छन्, नपरेको दिन छुट्टिन्छन् । यस्तो गर्दा पनि समाजले केही चासो राख्दैन । विवाह नै नगरी सँगै बस्दा पनि कसैको टाउको दुखाई हुँदैन । अहिले युवापुस्तामा त्यस्तो कल्चरप्रतिको आकर्षण निकै पाइन्छ । उनीहरु पनि त्यस्तै स्वतन्त्रता चाहन्छन् । जसले हाम्रो समाजमा गलत मानिने परपुरुष सम्बन्धतर्फ आकर्षित गराउन भूमिका खेलिरहेको छ ।

५. बढी उमेरको वा मन नपरेको जीवनसाथी: हामीकहाँ विवाह अझै पनि आफूलेमात्र चाहेर हुने अवस्था छैन । त्यसमा परिवारको पनि स्वीकृति अनिवार्य मानिन्छ । अझै धेरैले त बाबुआमाले खोजेको वा अभिभावकले मात्र मन पराएको केटासँग विवाह गर्छन् । यस्तो अवस्थामा जीवनसाथी आफूले चाहेको र मनपराएको जस्तो नहुन सक्छ । कतिपय बढी उमेरका हुने गरेको पाइन्छ भने कतिपयको रुपरंग मन नपर्ने खालको हुनसक्छ । यस्तो अवस्थामा पत्नीहरु पतिप्रति विकर्षित र परपुरुषप्रति आकर्षित हुने जोखिम बढ्छ । एजेन्सी ।








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला