२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धेरै तनाव लिँदा शरीरमा हुनसक्छ यी स्वास्थ्य समस्या !

२०७९, २ मंसिर शुक्रबार ०८:०६

मंसिर २, काठमाडौँ | तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ । 

फिजिसियन डा.रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न  किसिमका समस्या हुने बताएका छन् ।


आन्द्रामा समस्या

१३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गर्छन् ।

आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् । 

डा.हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।

अत्याधिक पसिनाको समस्या

तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो । 

डा. हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ । 

तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको समस्या हुने गर्छ ।

दाँतमा समस्या

अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ । 

बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ । 

कपाल झर्ने समस्या

अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुनसक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।

निद्रा नलाग्ने समस्या

तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ । 

तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ । 

थकान महशुस हुनु

अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ । 

मुटु कमजोर बनाउँछ 

चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।

बूढो बनाउँछ

सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।

रोगप्रतिरोधी क्षमता घटाउँछ 

चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।

जिनमा असर गर्छ 

तनावका कारणले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।

दिमागमा असर गर्छ 

चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।

शरीरमा विकार बढाउँछ  

चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला