काठमाडौँ । गर्भावस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । गर्भावस्"/>
२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थामा गीत सुन्दा बच्चाको दिमाग तेज हुनुको साथै बच्चाको चालमा सुधार, यस्ता छन् फाइदाहरु….

१२ मंसिर २०७९, सोमबार ०९:४३

काठमाडौँ । गर्भावस्थामा गीत सुन्दा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ । मूड ठिक बनाउन र तनाव कम गर्नका लागि गीत सुन्नु एउटा राम्रो विकल्प हो । संगीतमा हिलि पावर हुन्छ, त्यसैले शारीरिक र मानसिक स्वास्थ्यको उपचारका लागि म्युजिक थेरेपीको प्रयोग गर्ने गरिन्छ । भारतकी मनोवैज्ञानिक योगिता कादियानले  गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चामा कस्तो असर पर्छ भन्नेबारे जानकारी दिएकी छिन् ।

गर्भावस्थामा संगीत​​

योगिता कादियानका अनुसार गर्भावस्थामा गीत सुन्दा गर्भको बच्चाको बौद्धिक, मानसिक, व्यवहार र भावनात्मक विकासमा मद्दत पुग्छ ।

455 Serene Pregnant Lady Listening To Music Stock Photos, Pictures &  Royalty-Free Images – iStock

बच्चाले कहिले संगीत सुन्न थाल्छन्

गर्भावस्थाको दोस्रो त्रैमासिकमा बच्चाहरूले संगीत सुन्न सक्छन् । तर उनीहरुले गर्भावस्थाको तेस्रो त्रैमासिकमा मात्र आवाजमाथि प्रतिक्रिया दिन थाल्छन् । गर्भावस्थाको नवौं हप्ताको सुरुमा, बच्चाको कान बन्न थाल्छ । १८ औं हप्तामा बच्चाले सुन्न थाल्छ र त्यसपछि उसको आवाजप्रतिको संवेदनशीलता दिनहुँ सुधार हुन थाल्छ । गर्भावस्थाको २५ देखि २६ हप्तामा, बच्चाले बाहिरी आवाजहरूमा प्रतिक्रिया दिन्छ । तेस्रो त्रैमासिकमा, बच्चाले आमा र वरिपरिको आवाज सुनेर उनीहरुलाई चिन्न थाल्छ ।

गर्भावस्थामा संगीत सुन्नुको फाइदा :

श्रवण इन्द्रियहरू राम्रो हुन्छन्

संगीतलाई बच्चाले राइम, आवाजको रूपमा महसुस गर्छ । बच्चाले यी कुराहरूमा ध्यान केन्द्रित गर्दछ र यसले सतर्कता सुधार गर्दै संज्ञानात्मक कौशल र सुन्ने सेन्सलाई उत्तेजित गर्छ ।

व्यक्तित्व विकासलाई बढावा दिन्छ

गर्भावस्थाको समयमा संगीत सुन्दा बच्चाको व्यक्तित्वलाई आकार दिन मद्दत गर्न सक्छ, किनकि ऊ धेरै बुद्धिमान व्यक्ति बन्न सक्छ । यस्तै गरी, मधुर संगीत सुन्ने आमाको बच्चा शान्त हुन्छ, तर चर्को संगीत सुन्ने आमाको बच्चा रिसाहा हुन सक्छ ।

तयाद राख्नुहोस् संगीतमा एउटा विशेष लय र ढाँचा हुन्छ जुन बच्चाले चिन्न र याद राख्न सहज हुन्छ । यो विश्वास गरिन्छ कि बच्चाको श्वासप्रश्वासको ढाँचा उसले सुनेको धड्कन र आवाज अनुसार परिवर्तन हुन्छ । त्यसैले चर्को आवाजको संगीत बच्चाका  लागि हानिकारक हुन्छ जसले तनाव र रक्तचाप पनि बढाउन सक्छ । त्यसैले गर्भावस्थामा सफ्ट म्युजिक सुन्नुहोस्, जसले गर्भमा रहेको बच्चालाई खुसी राख्छ ।

बच्चाको मुभमेन्टमा सुधार

गर्भमा रहेको बच्चाले पनि संगीत सुन्न सक्छ । जब बच्चाले कम्पन सुन्छ तब उसले धुनसँगै चल्ने कोसिस गर्न थाल्छ । यसले बच्चाको प्रतिक्रियामा सुधार हुन्छ । म्युजिक रिदमिक साउन्ड वेव्सको रुपमा बच्चासम्म पुग्छ । बच्चाले यसमा ध्यान लगाउँछ जसका कारण उसको कग्निटिभ स्किल्स र अडिटरी सेन्सि एक्साइटेड हुन्छ । यो शिशुको मानसिक विकाशका लागि निकै राम्रो हुन्छ ।

तनाव कम हुन्छ

गर्भावस्थामा धेरै तनाव महसुस हुन्छ र यो अवस्थामा थुप्रै महिलालाई एङ्जायटीसमेत हुने गर्छ । शरीरमा भइरहेको परिवर्तन र बच्चाको स्वास्थ्यको चिन्ताले पनि महिला तनावमा रहन्छन् । यस्तो अवस्थामा संगीतले तनाव कम गर्न मद्दत गर्छ । संगीतले बच्चालाई पनि आराम दिन्छ । यो गर्भावस्थाको समयमा तनाव कम गर्नका लागि एक प्रभावकारी तरिका हो ।

बच्चाको व्यक्तित्व

गर्भवती आमाले सुन्ने संगीतले बच्चाको व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिन्छ । उदाहरणका लागि, हल्का संगीत सुन्दा बच्चालाई शान्त पार्न सक्छ । अर्कोतर्फ, बच्चाहरू चर्को खालको संगीत सुन्दा बदमास र रिसाहा खालका बन्न सक्छन् । यद्यपि, यो प्रमाणित गर्न कुनै अनुसन्धान भने गरिएको छैन ।

गर्भावस्थामा कति समयसम्म संगीत सुन्ने ?

कुनै पनि कुराको अत्यधिक प्रयोगले फाइदाको सट्टा हानि पनि गर्छ । गर्भावस्थामा एक घण्टा भन्दा बढी संगीत सुन्नु हुँदैन । यदि तपार्इं आफ्नो पेटमा हेडफोन राख्दै हुनुहुन्छ भने, यसलाई एक पटकमा ५–१० मिनेट भन्दा बढी नराख्नुहोस् । यदि गीत सामान्य भोल्युममा स्पिकरमा बजिरहेको छ भने, तपाईं दिनभर गीतहरू सुन्न सक्नुहुन्छ । तपाईंले के याद राख्नुपर्छ भने बच्चा धेरैजसो समय गर्भमा सुत्ने गर्छ, त्यसैले संगीतले उसको निद्रामा बाधा पुर्‍याउनु हुँदैन । धेरै संगीत सुन्दा बच्चाको निद्रामा बाधा पुग्न सक्छ ।

गर्भावस्थाको समयमा गीतहरु सुन्नु

गर्भमा हुँदा संगीतको एक्सपोजरले भर्खरै जन्मेको बच्चाको मानसिक, व्यावहारिक, भावनात्मक, मनोवैज्ञानिक विकास हुन्छ । भारतीय शास्त्रीय संगीत र हल्का संगीतले गर्भवती महिला र उनीहरूका गर्भमा रहेका बच्चाहरूमा राम्रो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ । अध्ययनमा, गर्भवती महिलाहरूको समूहलाई हरेक दिन कम्तिमा २० मिनेटको लागि यस्तै गीतहरू सुन्न प्रोत्साहित गरिएको थियो । २० दिन पछि, अन्वेषकहरूले गर्भमा रहेको बच्चाको सतर्क गतिविधि र मानसिक उत्तेजनामा ​​सुधार देखे, जबकि यसले गर्भवती महिलामा शान्त र सकारात्मक प्रभाव पारेको देखियो ।

गर्भावस्थामा कति र कस्तो संगीत सुन्नुपर्छ ?

जब गर्भवती महिलाका लागि सङ्गीत सुन्ने कुरा आउँछ तब केही कुरामा ध्यान दिन आवश्यक छ । जस्तै ः

– मीठो सुमधुर गीतहरू सुन्नुहोस् ।

– पप गीतहरू पनि सुन्नुहोस् तर भोल्युम कम राख्नुहोस् ।

– आफ्नो मनपर्ने संगीत सुन्न हेडफोन प्रयोग गर्नुहोस् ।

– यदि तपाईं पेटमा हेडफोन राख्न चाहनुहुन्छ भने, यसलाई ५–१० मिनेटको लागि राख्नुहोस् ।

– स्पिकरमा संगीत बजिरहेको छ भने कम भोल्युममा सुन्नुहोस् ।

– धेरै संगीत बजाउँदा बच्चाको निद्रा बाधित हुन सक्छ।

गर्भावस्थामा यस्ता गीतहरु सुन्नुहोस् जसले आमा र बच्चा दुवैले स्वास्थ्य लाभ पाउन सकून् ।

– बच्चालाई दिनहुँ सुत्न र आरामको आवश्यकता पर्छ, त्यसैले गर्भावस्थाको समयमा सधैँजसो ठूलो स्वरमा संगीत नसुन्नुहोस् ।

– संगीत एक मूड बूस्टर हो र तनाव कम गर्न  एक सजिलो तरिका हुन सक्छ ।

– शारीरिक र मानसिक रोगहरुको उपचारका लागि प्राचीन कालदेखि नै संगीत थेरापीको प्रयोग हुँदै आएको छ ।

– केही शल्यचिकित्सकहरूले बिरामीलाई मनपर्ने गीत बजाउँदा अपरेटिङ कोठामा तनाव कम गर्न निकै मद्दत गर्ने बताउँछन् ।

– गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चा दुवैलाई धेरै फाइदा पुग्ने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल