सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ? Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ?
२०८२, १८ फाल्गुन सोमबार
काठमाडौँ - KTM

के तपाइँ पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ, त्यसो भए जान्नुस यी २२ कुरा

२०७३, ५ आश्विन बुधबार १३:०५

सास | पहिलो पटक प्लेन चड्दै हुनुहुन्छ ?
त्यसो
भए नआत्तिनुस । तर केहि कुराको जानकारी नहुँदा तपाइँ अलमलमा पर्न सक्नुहुन्छ ।
यसैल अलमलिनु भन्दा फटाफट केके गर्नुपर्छ भन्ने कुरा जानकारी भएमा तपाईलाई कुनै
तनाबको स्थिति आउँदिन । आउनुस आज साझा सबालले तपाईलाई फ्लाइटमा यात्रा गर्नु अघि र
यात्रा गर्दै गर्दा केके गर्नुपर्छ भन्ने बारे केहि आवश्यक कुराबारे जानकारी
दिंदैछ ।

१. फोन वा इन्टरनेट मार्फत आफ्नो फ्लाइटको
सेड्युल चेक गर्नुस् । सेड्युल डिपार्टभन्दा ३ घण्टा अघिनै एएरपोर्ट पुग्नुस ।

२. फ्लाइट टिकटको प्रिन्ट औउट, पासपोर्ट
र आवश्यक डकुमेन्ट आफ्नो साथमै राख्नुस ।

३. लगेज प्याक गर्दा रुल अनुसार बिशेष ध्यान
दिनुहोस् । प्लेन चड्दा एउटा ह्याण्डब्याग मात्र लान पाइने हुँदा फ्लाइटमा आवश्यक
पर्ने सामानहरु मात्र ह्याण्ड ब्यागमा राख्नुहोस । बाँकी लगेजमा राख्नुहोस ।

४. आफुसँग ब्याण्ड गरिएको सामानहरु जस्तै
नक्कली सामानहरु
, हतियार, लाइटर, ब्लेड,
बिषादी,
रेडियोएक्टिभ
र एक्सप्लोसिभ सामग्रीहरु नलानुस ।

५. एएरपोर्टमा प्रवेश गर्ने समय फ्लाइट टिकटको
कपि र पासपोर्ट सेक्युरिटी गार्डलाई देखाउनुपर्ने हुन्छ ।

६. आफ्नो लगेज एक्सरे काउन्टरमा चेकिंग गराउनुस
। त्यसपछि स्टिकर लगाइन्छ ।

७. एयरपोर्टमा सबै एयरलाइन्सको काउन्टर बनेको
हुन्छ । जुन एयरलाइन्समार्फत तपाइको टिकट बुक भएको छ
, त्यसै काउन्टरमा
गएर आफ्नो टिकट देखाउनुहोस् ।

८. अब तपाइको डकुमेन्ट र टिकट हेरेर बोर्डिंग
पास दिइन्छ । अब तपाइँ प्लेनमा बस्नको लागि तयार हुनुभयो । यदी तपाइले चाहनुहुन्छ
भने त्यहि ठाउँमा झ्यालपट्टिको सिटको माग गर्न सक्नुहुन्छ ।

९. अब तपाइँले चेकि-इन काउन्टरमा बोर्डिंग पास
देखाउनुपर्छ । चेकिंग प्रोसेस पछी तपाइको ब्यागको तौल लिईन्
, ट्याग
लगाइन्छ र लगेजको रुपमा रहेको ब्यागलाई कार्गो सेक्सनमा पठाइन्छ । जुन लगेज तपाइ
जुन देश जाँदै हुनुहुन्छ त्यहि देशमा गएर पाउनुहुन्छ ।

१०. ह्याण्ड ब्यागमा ब्यागेज ट्याग लगाउनुस जुन
त्यहिका कर्मचारीले लगाईदिन्छन । ह्याण्ड ब्यागलाई स्क्रिनिंग गराउनुस । यदी
तपाइको ब्यागमा ल्यापटप छ भने निकाल्नुस र ल्यापटप सहित आफ्नो मोबाइल
, पर्सलाई
स्क्रिनिंग गराउनुस ।

११. अब तपाइको पुरै बडी चेकिंग हुन्छ र
बोर्डिंगपासमा छाप लागाइन्छ र तपाइँलाई दिइन्छ । अब तपाइँलाई देखाइएको इन्ट्री
गेटतिर जानुहोस । त्यहि तपाइले आफ्नो फ्लाइट र सिट नम्बरको सबै जानकारी पाउन
सक्नुहुनेछ ।

१२. टेकअफ हुने आधा घण्टा पहिले टर्मिनल गेट
खुल्छ । त्यो स्थानमा तपाइले बोर्डिंग पास र ह्याण्ड ब्याग छेक गराउनुपर्छ ।

१३. कहिले काही तपाइँ उड्ने प्लेन टर्मिनलबाट
धेरै टाढा हुनसक्छ । यस्तो अवस्थामा बसमार्फत प्लेनसम्म तपाईलाई लाने गरिन्छ । वा
प्लेन सिधै एरोब्रिजसंग जोडिएको हुन्छ । एरोब्रिजमार्फत तपाइँ सिधै प्लेन भित्र
छिर्न सक्नुहुन्छ । नत्र प्लेन नजिकै पुगेर भर्यांगबाट चढ्नुपर्छ ।

१४. अब एयर होस्टेसले तपाईलाई तपाइको सिटनम्बर
खोज्नमा मद्धत गर्नेछीन् । सिट मिलेपछि आफ्नो सिटकै माथि भएको सामान राख्ने
स्थानमा आफ्नो सामान राख्नुहोला ।

१५. प्लेन टेकअफ हुनुअघि क्रु मेम्बरले
अनिवार्य सुचना दिनेछन्
, त्यसलाई ध्यान दिनुहोला । अनि आफ्नो
सिट बेल्ट लगाएर फ्लाइटको लागि तयार हुनुहोस् ।

१६. जहाजका क्याप्टेनले जर्नी र फ्लाइटको
बारेमा केहि कुरा राख्छन । सबैले उक्त कुरा सुन्न सक्नुहुनेछ । तपाईलाई झ्याल
खोल्ने
, फुड ट्रे खोल्ने, मोबाइल अफ गर्ने र सिट मिलाउने जानकारी
दिईन्छ । यदी अफ्ट्यारो परे एएरहोस्टको मद्धत लिन सक्नुहुन्छ ।

१७. प्लेन टेकअफ भएपछी हावाकोचापमा बदलाव आउने
गर्छ
, यसकै कारण तपाइको कानमा दुखेको अनुभव हुन्छ । चुइन्गम खाएर वा
एयरबड्स लगाएर यसलाई केहि कामी गर्न सकिन्छ ।

१८. एयरलाइन वा फ्लाइट जर्नीको दुरी अनुसार
तपाईलाई खाना
, पेय पदार्थ दिने गरिन्छ । याद राख्नुस कतिपय
प्लेनमा खानको लागि छुट्टै चार्ज पनि लाग्छ जुन निकै महँगो हुन्छ । त्यसैले खाने
कुरा निशुल्क हो वा हैन सजिलै सोध्न सक्नुहुन्छ । मनोरंजनका लागि तपाईलाई प्लेनमै
भिडियो
, गेम लगायत सामग्री पनि प्रयोग गर्न सक्नुहुन्छ ।

१९. जहाज ल्याण्ड हुनु पहिले पनि तपाईलाई फेरी
केहि जानकारी दिने गरिन्छ ।

२०. प्लेन पुरा रुपमा ल्याण्ड भएपछी आफ्नो सिट
बेल्ट खोल्न सक्नुहुन्छ । अब बस वा एरोब्रिज मार्फत टर्मिनलसम्म जानुहोस ।
एएरपोर्टमा भएको साइनबोर्डलाई पछ्याउदा सहज हुन्छ । अनि आफ्नो आफ्नो ब्यागेज
काउन्टरबाट लिनुहोस् । यदी तपाइ अझै अर्को प्लेन चड्दै हुनुहुन्छ भने ब्यागेजको
चिन्ता नगर्नुस । उक्त ब्याग तपाई जुन देश जाँदै हुनुहुन्छ त्यहि गएर पाउनुहुन्छ ।

२१. एएरपोर्टमा लगातार कयौं फ्लाइट ल्याण्ड
हुन्छ
, यसैले डिस्प्लेमा आफ्नो फ्लाइटको डिटेल देखाएपछी आफ्नो सामान मुभिंग
बेल्टमार्फत आउँछ । यसमा तपाइले आधा घण्टासम्म पनि कुर्नुपर्ने हुनसक्छ ।

२२. फ्लाइटको नम्बर डिस्प्ले हुनासाथ आफ्नो
लगेज लिनुहोस् वा खोज्नुस । अब तपाइँ आफु गएको एयरपोर्टबाट बाहिर निस्कन
सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण