२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

विश्व पर्यटन दिवसमा इलामबाट साइकल यात्रा

११ आश्विन २०७३, मंगलवार ०६:३८

असोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । 

विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन् । 

साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश लिम्बू, विकास लिम्बू, महमाइका सुमन लिङ्देन, सुनसरीका कृष्ण केसी, सदिउर घले र विनु राई तथा बाराका सुजन चौधरी सहभागी छन् । 

विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको पुष्कर शाहले बताउनुभयो । ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने सन्देश दिन सकियोस् भन्ने यात्राको उद्देश्य हो,’ उहाँले भन्नुभयो । 

साइकलयात्रीलाई कन्याममा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र इलाम पर्यटन सरोकार समितिले स्वागत गरेका थिए । यात्राको सूर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गर्नुभयो । साइकलयात्री सोमबार कन्याम, फिक्कलको बरबोटे, नयाँबजार हुँदै जमुना पुगेका छन् । 

आज जमुनाबाट माबु, पर्यटकीयस्थल माइपोखरी हुँदै सदरमुकाममा हुने पर्यटन दिवसको औपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि पाँचथर हुँदै धनकुटा पुग्ने आकाशले बताउनुभयो । 

विश्व साइकलयात्री सहभागी यात्रालाई पर्यटनसँग सम्बन्धित संस्थाले विभिन्न ठाउँमा स्वागत गर्ने भएका छन् । ‘साइक्लिङ धरान’को व्यवस्थापनमा सुरू भएको यात्राले पर्यटकीय क्षेत्रका प्रचारमा मद्दत पुग्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष केशव द्यौरालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र