असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राराबासदेखि रारातालसम्म’को पर्यटन प्रबर्धन

१७ आश्विन २०७३, सोमबार १०:०९

असोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । 

नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र सोट्टोका अध्यक्ष याम खड्कालगायतले सो कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

‘कर्णाली निकट होइन विकट’ भन्ने नारामा साथ प्रदेश नं ६ का बाँके, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसहित छ जिल्लालाई केन्द्रित गरेर सो प्रवद्र्धन कार्यक्रम तय गरिएको हो । गत भदौ ३० देखि यही असोज ६ सम्म महतको नेतृत्वको टोलीले सो क्षेत्रमा ‘पर्यटन जागरण, अन्तक्र्रिया र भ्रमण’ सम्पन्न गरी कार्यक्रम तय गरेको हो । 

विसं २०३२ मा रारा राष्ट्रिय निकुञ्जबाट त्यहाँका नागरिकलाई विस्थापन गरी बाँकेको चिसापानी सारिएको थियो । हाल चिसापानीमा राराबास बनाइएको छ । 

पूर्व राज्यमन्त्री महतले रारासम्म पुग्ने सडक बाटो पक्की भएमा सो क्षेत्रमा विकासको थप सम्भावना हुने बताउनुभयो । उहाँले सरकारले कर्णालीका लागि विनियोजन गरेको बेजट केवल आँखामा छारो हाल्ने प्रकारको मात्र भएको गुनासो गर्नुभयो । 

एमाले पर्यटन विभाग प्रमुख थापाले छ नं प्रदेशका छ जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, आधुनिक विकास, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत र व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो । 

प्रमुख कार्यकारी निर्देशक जोशीले पर्यटन व्यवसायीको अगुवाइमा भएका प्रवद्र्धनसम्बन्धी कार्यक्रम सफल हुने भन्दै मध्यपश्चिमको यस नयाँ कार्यक्रमलाई प्रवद्र्धन गर्न आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का