कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा सरोकारवाला निकाय मौन

२२ कार्तिक २०७३, सोमबार ०५:५२


कात्तिक २२, संखुवासभा ।  संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । 

यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ । 

यहाँको प्रमुख आकर्षणको केन्द्रको रुपमा राष्ट्रिय फुल लालीगुँरासको राजधानी मानिने तिनजुरे, मिल्के, जलजले लालीगुँरास संरक्षित क्षेत्रलाई लिइएको छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका लालीगुँरासमध्ये २८ प्रजातिका लालीगुँरास यहाँ पाइन्छन् । तर, भरपर्दो सडक सञ्जालको विस्तार नहुँदा चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् । 

संखुवासभामा विभिन्न धार्मिकस्थलका साथै मनोरम प्राकृतिक सौन्दर्यको मजा लिन सकिने धेरै ठाउँहरु छन् । विश्वकै पाँचौं अग्लो मकालु हिमाल र  मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि यहीं पर्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर बस्ने ठाउँ पनि संखुवासभा नै हो । 

साथै अरुण नदीको मनमोहक दृश्य, संखुवासभाको नुमस्थित भाटभटिनी डाँडा जहाँबाट मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने स्थानीयहरु बताउँछन् । त्यस्तै देशभरिकै सबैभन्दा बढी जंगल, जलस्रोत, विभिन्न जनावर र थरिथरिका पुतलीहरु पाइने संखुवासभा जिल्लामा धेरै ताल र पोखरीहरुसमेत रहेको छ । 

 तर, यत्तिका पर्यटकीय महत्वका ठाउँहरू भएको संखुवासभालाई जोड्ने सडक सञ्जालको अवस्था भने यस्तो छ । आन्तरिक मात्रै होइन बाह्य पर्यटकका लागि पनि छानी–छानी घुम्ने ठाउँहरु छन् संखुवासभामा ।  डक र होटलको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेको संखुवासभाभित्र अवस्थित पर्यटकीयस्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन । 

प्राकृतिक, धार्मिक र सांस्कृतिकलगायतका विभिन्न सम्भावना हुँदाहुदै पनि राज्यको उपेक्षाका कारण संखुवासभालाई पर्यटकीय गन्तव्य बनाउन नसकेको स्थानीयको गुनासो छ ।  पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् । 

सडक सञ्जाल र होटल व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने मात्रै पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने पर्यटन संखुवासभाका होटेल व्यवसायीहरु बताउछन् । 

विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरुले काठमाडौं र विराटनगरबाट  तुम्लीङटारसम्मको हवाई यात्रा गरी केही घण्टाको सवारी यात्रा गर्दै मकालु हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिने राम्रो गन्तब्यको रुपमा बनाउन सकिन्छ । तर  प्रचारप्रसारको अभावका कारण संखुवासभाका पर्यटकीयस्थलहरु भने अहिले ओझेलमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो