मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । "/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक बृद्धि

१९ मंसिर २०७३, आईतवार ०९:५१


मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा स्थानीय जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटक बृद्धि भएका हुन् । 

स्टिमरमा जलयात्रा गर्न र शालिग्राम शिला अध्ययन अवलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय यो क्षेत्र शैक्षिक भ्रमणको गन्तव्य बन्दै आएको छ । 

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन प्रयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका हुन् । 

वर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि यो सेवा सञ्चालन हुँदै आएको छ । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर– पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको सङ्ख्या घटे पनि जलयात्राको आनन्द लिनका लागि बाह्य िपर्यटकको सङ्ख्या भने थपिँदै गएको छ । 

दैनिक सातवटासम्म सवारी साधनमा विभिन्न जिल्लाका विद्यार्थी भ्रमण आउने गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय व्यवसायीको पहलमा यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । 

स्थानीय व्यवसायी प्रेम अर्याल भन्नुहुन्छ, “गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । उहाँका अनुसार स्टिमर सञ्चालन भएपछि प्रतिकिलो रु ३ पर्ने ढुवानी भाडा रु एकमा झरेको छ ।” 

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवम् एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीबेणी बजारसम्म झन्डै सात किमि दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । 

‘दुई ठूला पहाडको खोँचबाट सुस्तगतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाकर तिवारीले बताउनुभयो ।’ 

‘सय रूपैयाँ भाडामा बढीमा आधा घन्टामा सात किमि यात्रा सकिन्छ,” उहाँले भन्नुभयो, “स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्राको अनुभव हो ।” 

काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्न रमाउने गरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताउनुभयो । यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको उहाँको भनाई छ । 

पछिल्लो समय यहाँ भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघे सङ्क्रान्ती, बालाचतुर्दशी, शिवरात्री लगायतका पर्वमा विशेष पूजा हुने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल