मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्टिमर सेवाले बढायो आन्तरिक पर्यटक बृद्धि

२०७३, १९ मंसिर आईतवार ०९:५१


मङ्सिर १९, पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । 

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा स्थानीय जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटक बृद्धि भएका हुन् । 

स्टिमरमा जलयात्रा गर्न र शालिग्राम शिला अध्ययन अवलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय यो क्षेत्र शैक्षिक भ्रमणको गन्तव्य बन्दै आएको छ । 

पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन प्रयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका हुन् । 

वर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । पानीको बहाव घटेसँगै कात्तिक अन्तिम सातादेखि यो सेवा सञ्चालन हुँदै आएको छ । पछिल्ला दुई वर्षमा कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर– पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्ने गाउँलेको सङ्ख्या घटे पनि जलयात्राको आनन्द लिनका लागि बाह्य िपर्यटकको सङ्ख्या भने थपिँदै गएको छ । 

दैनिक सातवटासम्म सवारी साधनमा विभिन्न जिल्लाका विद्यार्थी भ्रमण आउने गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय व्यवसायीको पहलमा यस क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । 

स्थानीय व्यवसायी प्रेम अर्याल भन्नुहुन्छ, “गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा पनि सस्तो पर्ने भएकाले सडक विस्तार भएपनि स्टिमर सेवा निरन्तर चलिरहेको छ । उहाँका अनुसार स्टिमर सञ्चालन भएपछि प्रतिकिलो रु ३ पर्ने ढुवानी भाडा रु एकमा झरेको छ ।” 

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि पर्वत, गुल्मी र स्याङ्जाको सङ्गममा अवस्थित प्रसिद्ध धार्मिकस्थल एवम् एसियाकै ठूला शिला शालिग्राम रहेको सेतीबेणी बजारसम्म झन्डै सात किमि दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । 

‘दुई ठूला पहाडको खोँचबाट सुस्तगतिमा बढेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने गरेकाले पर्यटक रमाउने सेतीवेणीका होटल व्यवसायी शोभाकर तिवारीले बताउनुभयो ।’ 

‘सय रूपैयाँ भाडामा बढीमा आधा घन्टामा सात किमि यात्रा सकिन्छ,” उहाँले भन्नुभयो, “स्टिमरमा हिँड्नु नेपालकै नौलो यात्राको अनुभव हो ।” 

काठले बनेका, इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्न रमाउने गरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताउनुभयो । यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको उहाँको भनाई छ । 

पछिल्लो समय यहाँ भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघे सङ्क्रान्ती, बालाचतुर्दशी, शिवरात्री लगायतका पर्वमा विशेष पूजा हुने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से