चंखेली हिमालको प्रबर्द्धनका लागी पदयात्रा

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

नन्द बहादुर रोकाया/फागुन ५, मुगु । मुगु जिल्लामा रहेको चंखेली हिमालको प्रवद्र्धनका लागी पदयात्रा गरिएको छ ।

स्थानिय शान्ती समिती मुगको आयोजनामा  जिल्ला स्थित सरोकारवाला निकायहरुलाई चंखेली हिमाल सम्मको पदयात्रा गराईएको हो । रुगा गाबिस वडा नं ६ स्थित मुगु जिल्लाको पर्यटकिय सम्भावन बोकेको  चंखेली हिमालको प्रवद्र्धन तथा  प्रचारप्रसारका लागी सरोकारवाला निकायहरुको समन्यमा पदयात्रा भएको छ ।

पदयात्रा मगलबार  बिहान १० बजेबाट शुरु भएकोमा हिजो दिउँस १२ बजे चंखेली हिमालमा पुगी  राष्ट्रिय झण्डा गाडिएको छ । स्थानिय शान्ती समिती मुगुको गएको माघ २८ गते बसेको बैठकको निर्णय अनुसार जिल्लामा रहेका राजनितिक दल, नागरिक समाज, पत्रकार, शिक्षाप्रेमी तथा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरुलाई पदयात्रा गराईएको हो ।

जिल्लाको रुगा गाविसमा रहेको चंखेली हिमालको प्रवद्र्धन तथा सरोकारवाला निकायहरुकोे समन्वयमा बृद्धि गर्ने उदेश्यका साथमा पदयात्रा गरिएको स्थानिय शान्ती समिती मुगुका शाखा अधिकृत मदन रावलले बताउनुभयो ।

नेपाली १ रुपियाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा रहेको छ । हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चंखेली हिमाल कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ ।

सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चंखेली हिमालको बेवास्ताका कारण पर्यटकीय स्थान भएर पनि पर्यटकका लागि अपरिचित भएको बखतमा प्रवद्र्धन तथा प्रचारप्रसारका लगाी पदयात्रा गरिएको स्थानिय शान्ती समिती मुगुका शाखा अधिकृत रावलको भनाई छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply