६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउन नपर्ने

२६ जेष्ठ २०७४, शुक्रबार १२:२१

जेठ २६, काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा भने नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने भएको छ । 

ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक जाने नेपाली नागरिकले भने ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने अध्यागमन विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो । 

पछिल्लो समय भारत र श्रीलङ्का हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न बिहीबार बसेको सरकारी संयन्त्रको बैठकले भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले सम्बन्धित दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो । 

महानिर्देशक गेलालले भन्नुभयो– हिजोको हाम्रो निर्णयले टान्जिटको रुपमा ती देशका विमानस्थल प्रयोग गर्नेले पनि त्यस्तो पत्र देखाउनुपर्ने हो कि भन्ने सन्देश गएछ ,त्यस्तो होइन । 

मानव बेचबिखनको चपेटामा परी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारत सरकारसँग तत्काल समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा