२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र श्रीलङ्का ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा ‘नो अब्जेक्सन लेटर’ देखाउन नपर्ने

२०७४, २६ जेष्ठ शुक्रबार १२:२१

जेठ २६, काठमाडौँ । भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशलाई ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्दा भने नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ अन्तर्राष्ट्रिय विमानस्थलमा देखाउनु नपर्ने भएको छ । 

ट्रान्जिटको रुपमा नभई ती दुई देशको विमानस्थल प्रयोग गरी सिधै तेस्रो मुलुक जाने नेपाली नागरिकले भने ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने अध्यागमन विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो । 

पछिल्लो समय भारत र श्रीलङ्का हुँदै मानवतस्करले नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने तथा महिलालाई खाडीमा लगि बेचबिखन गर्ने क्रम बढेपछि त्यसलाई रोक्न बिहीबार बसेको सरकारी संयन्त्रको बैठकले भारत र श्रीलङ्का हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले सम्बन्धित दूतावासको ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो । 

महानिर्देशक गेलालले भन्नुभयो– हिजोको हाम्रो निर्णयले टान्जिटको रुपमा ती देशका विमानस्थल प्रयोग गर्नेले पनि त्यस्तो पत्र देखाउनुपर्ने हो कि भन्ने सन्देश गएछ ,त्यस्तो होइन । 

मानव बेचबिखनको चपेटामा परी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारत सरकारसँग तत्काल समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु