१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

२५ भाद्र २०७४, आईतवार ११:५१

भदौ २५, काठमाडौँ। मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ । 

पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताउनुभयो । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो । 

उक्त बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका रहेपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको स्पष्ट पार्नुभयो । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्यधिक रहेकाले यसलाई चिनाउनका लागि पर्यटन पत्रकार सक्रिय हुनुपर्र्ने बताउनुभयो । 

सङ्घका संस्थापक अध्यक्ष स्व हरिराज जोशीको नाममा स्थापना भएको ‘हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाललाई प्रदान गरिएको थियो ।सिलवालले आफूले पाएको पुरस्कारमा केही रकम थप गरी रु १० हजार रेडियो नेपालका बिरामी पत्रकार वासुदेव मुनाललाई प्रदान गर्ने घोषणा गर्नुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह