2026-10-30 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै

2025-07-16
काठमाडौँ | तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका हुन् ।
तालिममा पर्यटन र होमस्टे, होमस्टेको अवधारणा, कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार, पाहुनाको स्वागत र बिदाइ, घर कोठाको सजावट, खाना र खाजाका परिकार निर्माण, स्थानीय कला र संस्कृतिको प्रदर्शनलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो ।
तालिम लिएपछि सरिता आलेले नेपालका सफल होमस्टेको कथा सुन्दा आफ्नो गाउँलाई पनि त्यस्तै बनाउन सकिन्छ भन्ने आत्मबल र उत्साह जागेको बताउनुभयो । उहाँले भन्नुभयो “गाउँमै बसेर आफैँले उत्पादन गरेका वस्तु र आफ्नै रहनसहन बेचेर मनग्य आम्दानी गर्न सकिँदो रहेछ, हामीलाई तालिमले आम्दानीको मार्ग खोलिदिएको छ । सिकेको ज्ञान, सीपको प्रयोग गरेर स्थानीयस्तरमा सवरोजगार बन्ने र पर्यटन प्रवर्द्धनमा समन्वय गर्ने योजना बनाएका छौँ ।”
नौमति बाजा समूहका अध्यक्ष ईश्वरी पृथीले आफूसँग भएका सांस्कृतिक सीप र दक्षतालाई पाहुनाको स्वागत र मनोरञ्जनमा लगानी गर्ने बताउनुभयो । यहाँका ६६ मध्ये सुरुमा ११ घरमा होमस्टे सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ११ वटा घरबाट होमस्टे सञ्चालन गर्ने योजना अनुसार प्रारम्भिक तयारी थालिएको मदनपोखरा सामुदायिक होमस्टेका अध्यक्ष तुलबहादुर गाहाले बताउनुभयो । होमस्टे सञ्चालनका लागि तालिमले महत्त्वपूर्ण र सहयोगी भूमिका खेलेको तालिममा सहभागी सरस्वती पचभैयाले विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनका लागि आवश्यक सडक पूर्वाधार, मनोरम दृष्य, समुदायको एकता र मौलिक संस्कृति डाँडाडुममा रहेकाले यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त मानिएको स्थानीय राजनीतिज्ञ ओमबहादुर घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायको आत्मसम्मान र आर्थिक उपार्जनका लागि घरबास पर्यटन महत्त्वपूर्ण हुनेछ ।”
डाँडाडुमका स्थानीयको सेवासत्कार, मौलिक संस्कृति र स्थानीय अर्गानिक उत्पादनका परिकारलाई घरबास कार्यक्रममार्फत बजारीकरण गर्न सकिने तानसेन–८ का वडाध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।
सामुदायिक घरबास कार्यक्रमले सामूहिक भावना, इमान्दार र मर्यादित अतिथिसत्कार र सुसंस्कृतिको सम्मान हुने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले उल्लेख गर्नुभयो । “घरबास कार्यक्रमले गाउँमा रोजगारी सिर्जना गर्ने, युवाको विदेश पलायनदर घटाउने र महिलाको सक्रियता बढाउने विश्वास गर्दै यहाँ होमस्टेमार्फ पर्यटन प्रवर्द्धन हुनेछ”, उहाँले भन्नुभयो, “होमस्टे केवल पर्यटक बस्ने ठाउँ मात्र होइन, यो त हाम्रो संस्कृति, जीवनशैली र अतिथिसत्कार देखाउने स्थान पनि हो ।”
सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी, वडा सदस्य माधवप्रसाद बस्याल, कमल दर्लामी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीका अध्यक्ष गुँराश आत्रेय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वडा कमिटी अध्यक्ष हरिश्चन्द्र भुसाललगायतले आतिथ्य सत्कार, मौलिक परिकार र पाहुँनासँगको व्यवहारलाई प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धनमार्फत महिलाले आयआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक मनिसा श्रेष्ठले यहाँका समुदायको जागरुकता, जनप्रतिनिधिको सहयोग र पर्यटनमैत्री संस्कृति हेर्दा सञ्चालनको छोटो समयमा लोकप्रिय र सफल होमस्टे बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । तारा गाउँ विकास समितिका प्रशिक्षक शम्भु कार्की, दिनेश भण्डारी र मनिसा श्रेष्ठले तालिममा सहजीकरण गर्नुभएको थियो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ